आउँने भो अब चिनबाट तेल, ट्यांकरहरुलाई पूजापाठ गरेर केरुङ पठाईयो


काठमाडौ/ चीनले उपलब्ध गराउने पेट्रोलियम पदार्थ लिन शुक्रबार नेपाल आयल निगमबाट १२ वटा ट्यांकर तिब्बत हिँडेका छन्। आज बिहान निगमको थानकोटस्थित भण्डारण केन्द्रबाट १२ हजार लिटर पेट्रोल बोक्न सक्ने गाडी तिब्बततर्फ गुडेका हुन्। पूजापाठ र टीकाटालो गरेर ट्यांकरहरुलाई चीनले अनुदानमा दिएको तेल लिन केरुङतर्फ पठाइएको हो।

शुक्रबार विहान १२ वटा ट्याकंर चीनतर्फ हिडेका हुन् । नेपाल आयल निगमको थानकोट डिपो प्रमुख रबिन शर्मालगायतले केरुङ जाने ट्यांकरहरुको पूजा गरे भने चालकहरुलाई टीका लगाइदिए ।

चीनले अनुदानमा दिन लागेको एक हजार मेट्रिकटन मध्ये पहिलो खेपमा सय मट्रिक टन अर्थात १ लाख ३० हजार लिटर पेट्रोल ल्याइँदैछ । त्यसका लागि १२ हजार लिटर क्षमताका १२ वटा ट्याकंरहरु पठाइएको छ ।

भारतीय आयल निगमसँगमात्रै इन्धन लिँदै आएको नेपाल आयल निगमले पहिलोपटक उत्तरी छिमेकी मुलुक चीनबाट सडकमार्ग हुँदै तेल भित्र्याउन लागेको हो । नाकाबन्दीका कारण भारतले निगमलाई उपलब्ध गराउँदै आएको इन्धनमा कटौती गरेपछि नेपालले पहिलोपटक इन्धन आपूर्तिका चीनबाट गर्नका लागि पहल गरेको हो।