नेपाली अनुसन्धानकर्तालाई लक्जेम्बर्गमा राष्ट्रिय पुरस्कार


 – दीपकज्योति पौडेल, बेल्जियम

नेपाली अनुसन्धानकर्ता श्रीकृष्ण शर्मा रेडियो फ्रिक्वेन्सीहरु तार रहित सञ्चारमा प्रभावकारी रुपमा सदुपयोग गर्ने भन्ने सम्वन्धको काग्नेटिभ रेडियो प्रविधिमा नयाँ खोज गरे बापत लक्जेम्बर्ग नेशनल रिसर्ज फण्ड (एफएनआर) बाट सम्मानित भएका छन्। उनले युरो ५००० समेत प्राप्त गरेका छन्।

शर्माले आफ्नो बिद्याबारिधिको शोधपत्र तयार गर्ने क्रममा उत्कृष्ठ खोज गरी बिभिन्न ख्यातिप्राप्त अन्तर्राष्ट्रिय जनरल बुक च्याप्टर र कान्फरेन्स प्रोसेसिङमा आफ्नो अनुसन्धान प्रकाशित गरेर बैज्ञानिक समाजमा महत्वपूर्ण योगदान गरे वापत उनको शोधपत्रलाई ‘एफएनआर अवार्ड फर आउट स्टाण्डिङ पीएचडी थेसिस’ प्रदान गरिएको हो।

उनले विभिन्न स्याटेलाइट र टेरेसट्रिअल सर्भिसहरु एउटै फ्रिन्वेस्सीमा एक अर्कालाइ असर नगरिकन उपलब्ध गराउन सकिने विभिन्न नयाँ तरिकाहरु आफ्नो शोधपत्रमा प्रस्ताव गरेका छन । उक्त अनुसन्धानले अप्रभावकारी रुपमा रुपमा प्रयोग भएका सीमित रेडियो फ्रिक्वेन्सीहरु लाइ उपयुक्त तरिकाले धेरै भन्दा धेरै पुन प्रयोग गरि गुणस्तरयुक्त तार रहित सेवाहरु सुलभ तरिकाले उपलब्ध गराउन मद्दत पुग्ने बताइन्छ।

उनका ५० भन्दा बढी अनुसन्धानहरु प्रकाशित भै सकेका छन् । छात्रवृत्ति प्राप्त गरेर २०११ मा लक्जेम्बर्ग आएका शर्माले विद्याबारिधी अध्ययनरत युनिभर्सिटी अफ लक्जेम्बर्गको इन्टर डिसीप्लिनरी सेन्टर फोर सेक्युरिटी रिलाइएबलिटि एण्ड ट्रस्ट (एसएनटि) बाट २०१४ मा विद्याबारीधि पुरा गरेका थिए।

शर्मा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र, इन्फर्मेसन एण्ड कम्यूनिकेशन इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। उनले भारतको बिरला इन्स्टिच्युट ओफ टेक्नोलोजीबाट इलेक्ट्रोनिक एण्ड कम्यूनिकेशनमा ईन्जिनियरिङ समेत गरेका छन्।

नेपालको जिल्ला स्याङ्जा निवासी शर्माले नेपाल टेलिकममा ५ बर्ष काम गरेका थिए। नेपालका विभिन्न विश्व बिद्यालयहरुमा अध्यापन समेत गरेका शर्मा हाल एसएनटिमा पोस्टडक्टरल रिसर्चरको रुपमा राष्ट्रिय एंव युरोपियन प्रोजेक्टहरुमा कार्यरत छन। आफ्नो शोधपत्रलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै उनले यो नेपालीहरु कै गर्वको बिषय भएको बताए।

२००३ मा स्थापित बिश्वबिद्यालय बिश्वका उत्कृष्ट २०० औ बिश्वबिद्यालय भित्र पर्दछ। जहाँ विश्वका सय भन्दा बढी देशका छ हजार भन्दा बढी बिधार्थीहरु अध्यनरत छन्।

-ईकान्तिपुर बाट साभार