डेनमार्क भव्य दशैँ पार्टी, नेपाली जनसंख्याको एक तिहाइ सहभागी


प्रकाश ढकाल

कोपनहेगन । विगतका वर्ष जस्तै यसपाली पनि डेनमार्कमा दशैँ पार्टी भव्य रुपले सम्पन्न भएको छ । विगतको भन्दा फरक मात्र रहेन सहभागीको हिसाबले यसपाली  हाल सम्मकै एइतिहासिक कार्यक्रम पनि बन्यो । कायक्रममा करीब आठ सय नेपालीहरु सहभागी थिए ।

Screen Shot 2015-10-22 at 01.32.58

यसपटक बडा दशैं २०७२ “सबैको दशैं सबैको लागि” भन्ने नारा सहित डेनमार्क स्थित सम्पूर्ण सामाजिक, ब्यबसायिक र राजनैतिक संघ- संस्थाहरुको सामुहिक पहलमा एउटै छानामुनि मनाईएको हो । डेनमार्कमा क्रियाशील सबै संस्थाहरुको एक एक प्रतिनिधि चयन गरेर “दशैं ब्यबस्थापक समिति” को गठन गरि कार्य बिभाजन  गरिएको थियो । यो पटकको दशैं पार्टी सबै समान र बराबार भन्ने भावनाबाट प्रेरित थियो । यसको उद्धेश्य नया आउने नेपालीहरुलाई पनि स्वागत गर्दै र पुराना भएका नेपालीहरुलाई एउटा अपनत्व दिने थियो जुन आयोजक सदस्यहरुले पुरा गरे । टिम वर्क निकै जमेको थियो । र अझै भन्नु पर्दा यो दशैं पार्टी सबैको समावेसी दशैं जस्तो थियो । कोहि पनि छुटेका थिएनन र कार्यकममा आउनेहरुले पनि थोरै पैसा तिरेर भोज सहितको कार्यक्रममा भरपुर मनोरंजन पनि लिए । यस मानेमा आयोजक समितिका सबै सदस्यहरु निकै सफल देखिए ।

दशैँ पार्टी सम्पन गर्नको लागि पन्ध्र सदस्यीय ‘कोर टिम’ बनेको थियो । जसमा कृष्ण गिरि, रमेश अधिकारी, बिष्णु पौडेल, नारायण नगरकोटी, पूर्ण बन्धन,पवन पाण्डे, प्रभात खनाल,शशि श्रेष्ठ, रबिन्द्र खड्का, लक्ष्मी जमरकट्टेल,अन्जु पराजुली, शुशिला हमाल, जनार्दन अधिकारी, अमृत रेग्मी र गणेश खड्का सहभागी भएको टिम बनेको थियो । यहि टिमले एक आपसमा गरेको सहकार्यबाट दशैँ पार्टी भव्य बनेको थियो ।

प्रवेश शुल्क  जम्मा २५ क्रोनेर इन्ट्री फी तर खाना र सांगीतिक प्रस्तुतिहरु को पैसा नलाग्ने व्यवस्था गरिएको थियो भने त्यहाँ उपस्थित व्यक्तीहरुले तथा संस्थाहरुले पनि आ-आफ्नो गक्ष्य अनुसार सहयोग गरेका थिए ।

Screen Shot 2015-10-22 at 01.36.01

कार्यक्रममा प्रमुख अतिथि डेनमार्कका लागि महामहिम राजदुत मुक्तिनाथ भट्ट थिए । कायक्रममा राजदुत भट्टले सबै नेपालीहरुलाई दशैँको शुभकामना दिंदै यस पटकको दशैं कार्यक्रम एउटा अनुकरणिय कार्यको थालनी भएको र यसले संसार भर भएका नेपाली समुदायमा तरङ्ग ल्याउन सक्ने कुरामा आशावादी बन्न सकिने बताए ।

कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै अन्जु पराजुली तथा  रमेश अधिकारीले कार्क्रममा उपस्थित हुनु भएका सम्पूर्ण महानुभावहरुलाई बधाई दिदै कार्यक्रमलाइ एतिहासिक बनाउनको लागि सबैको उतिकै पहल रहेको कुरा उल्लेख गरेका थिए ।

Screen Shot 2015-10-22 at 01.33.36

कार्यक्रमलाई दुइ भागमा विभाजन गरिएको थियो जसको संचालन एक भाग हरि न्यौपाने अर्को भाग अजित देवकोटाले गरेका थिए । दुवै जना कार्यक्रम संचालनमा दक्ष मानिन्छन र प्राय डेनमार्कमा हुने कार्यक्रमहरु उनीहरुले नै संचालन गर्दै आएका छन् ।

सांस्कृतिक कार्यक्रममा राजमान तामाङ्ग, रबिन्द्र खड्का, सन्त कुमार थापा मगर
लगायतले भूमिका खेलेका थिए । यसैगरी कार्यक्रममा प्रश्तुत गरिएको नृत्यहरुको संयोजन  सन्त कुमार थापा मगरले गरेका थिए ।

स्विजरल्याण्डबाट आएका सुवास सुन्दासको बेजोड प्रश्तुती

कार्यक्रममा स्विजरल्याण्ड देखि आएका गायक सुबास सुब्दासले निकै आकर्षक र बेजोड प्रश्तुती दिएका थिए । उनले गीत गाइ रहंदा दर्शकहरु झुमेका देखिन्थे ।

Screen Shot 2015-10-22 at 01.34.41

राजमान तामांग र कलाकारहरुको प्रस्तुति ब्यबस्थापनमा अमृत रेग्मी, मालिका प्रधान र रबिन्द्र खड्का रहेका थिए । उनीहरु कार्यक्रम सफल बनाउन निकै लागि परेका थिए ।
कार्यक्रममा विभिन्न खाले नेपाली संस्कृति झल्काउने खालका प्रस्तुतिहरु समाबेस गरिएका थिए ।

Screen Shot 2015-10-22 at 01.45.57

सबैले आ-आफनो जिम्मेवारी पुरा गरे

भोज सहितको कार्यक्रम सफल बनाउन खटिएका स्वयंसेवकहरु निकै लागि परेका थिए । खानाको व्यवस्थापनमा नारायण नगरकोटी रहेका थिए उनको व्यवस्थापनको टिम निकै खटेको देखिन्थ्यो ।

यसैगरी पेय पदार्थ वितरण हुने बारमा प्रभात खनाल, श्याम सुवेदी, पूर्ण खत्री, लक्ष्मी जमरकटेल लगायतको टिम खटेको थियो ।

प्रवेशद्वारमा शुशिला हमाल, शशि श्रेष्ठ र कमल राज शर्मा रहेर कुशलतापुर्वक आउने सहभागीहरुको दर्ता प्रक्रिया पुरा गरेका थिए । यसैगरी सहभागीहरु मध्यलाई गोलाप्रथाद्वारा चिट्ठा कार्यक्रमको आयोजना गरिएको थियो ।

यो पुरा कार्यक्रमलाई मण्डला अनलाइन रेडियोले संसार भर सुन्न सक्ने गरी प्रतक्ष्य  प्रसारण गरेको थियो ।

स्थानीय कलाकारहरुको समेत बेजोड प्रश्तुती रहेको कार्यक्रममा अन्जुला नेपालले नृत्य प्रश्तुत गरेकी थिइन । प्रश्तुती दिनेहरुमा सन्तोष लामिछाने, साधना, सबिना, हरि न्यौपाने, आयुना लुनी, प्रियानी, रचिता, आयुष, क्रिश,बबिन, मुना कंडेल,रेश्मा, रबिन, आंचल, कृतिका, कृपा, बिबेक भानु, पंकज, शोभा, गरिमा, आरती, भावना, बिमला, बबिता, दिभ्या, नताशा, सम्बन्ध, उत्सव, पाल्देन शेर्पा, कृष्ण सुवेदी, लक्ष्मी पौडेल, अन्जु पराजुली, सन्त, कृतिका, प्रशान्त बानिया, कुसुम दाहाल तथा राजमान तामाङ्ग रहेका थिए । यती धेरै स्थानीय कलाकारहरुले प्रश्तुती दिएको पनि पहिलो पटक हो । सबै कलाकारहरुले गीत र नृत्य मार्फत मनोरंजन प्रदान गरेका थिए ।

Screen Shot 2015-10-22 at 01.34.00

अन्तमा राजमान तामाङ्गले डि जे नेपाली गीत मार्फत सबैलाई भरपुर मनोरंजन गराएर कार्यक्रमको समापन गरिएको थियो ।

Screen Shot 2015-10-22 at 01.45.45

कार्यक्रम सम्पन्न गर्नको लागि किनमेल तथा यातायातको लागि कृष्ण गिरिले राम्रो भूमिका निभाएका थिए । पेय पदार्थ किनमेल देखि सबै यातायातको व्यवस्था उनले नै गरेका थिए । टिकट छपाइ देखि लिएर चिठ्ठा कार्यक्रम सम्पन्न गर्न समेत उनले राम्रो भूमिका निभाएका थिए ।

कार्यक्रम सफल बनाउन खटिने अन्य स्वयंसेवकहरुमा बिष्णु पौडेल, पवन पाण्डे, रमा सापकोटा, दिनेश शर्मा, प्रियानी दुर्गा सागर, यादव क्षत्री, दिपेन्द्र विस्ट लगायत माथि उल्लेखित सबै महानुभावहरुले उत्तिकै योगदान पुर्याएका थिए । समग्रमा यो दशैँ पार्टी निकै भव्य र सभ्य रुपले सम्पन्न भएको मानिएको छ र लिएको आ-आफ्नो जिम्मेवारी सबैले पुरा गरेको हुनाले सफल मानिएको छ