नेपाली पप स्टार धिरज राई साईप्रस आईपुगे


निकोसिया / नेपाली माईकल ज्याक्सनका रुपमा चिनिएका पपस्टार धिरज राई दशै साँगितिक उत्सवमा सहभागी हुन साईप्रस आईपुगेका छन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसले भोलि आयोजना गर्ने उत्सवमा सहभागी हुन साईप्रस आएका हुन्।उनलाई साईप्रसबासी नेपालीहरुले बिमानस्थलमा स्वागत गरेका छन्।

“लुकिलुकि आँखा तिमी”, “तिमी रुँदा-म पनि रोएको थिए” जस्ता अतिनै लोकप्रिय गीतहरुका गायक धिरज राईले यस पटकको बडा दशै बिशेष कार्यक्रममा स्टेज तताउँदै हंगामा मच्चाउँने भएका छन्। नेपालका “माईकल ज्याक्सन” भनेर पनि चिनिने गायक राईले यस अघि पनि युरोपको साँगितिक टुर गर्दै आएका थिए।

गायक राईको स्टेजमा प्रस्तुति हुने शैलीको कारणले दर्शकहरुले भरपुर मनोरञ्जन लिदै आएका छन्। साईप्रसको निकोसियामा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।