रजनी प्रधान चुनाब जितेर नै पुन: महिला उप – संयोजक बनिन्


स्पेन/ गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद महिला उप-संयोजक पदमा बेल्जियमबाट पुन: रजनी प्रधान निर्बाचित भएकी छन्। ईजरायलकी भगवती बस्नेतलाई हराउँदै प्रधान निर्बाचित भएकी हुन्।

बिगत २४ बर्ष देखि बेल्जियम बस्दै आएकी प्रधानले महिलाहरुको सशक्तिकरण अभियानलाई निरन्तरता दिने भन्दै पुन: उप-संयोजकमा रही काम गर्ने ईच्छा ब्यक्त गरेकी थिइन्।

यस अघि उनले आगामी कार्यकालका लागि माइक्रोफाइनान्स सञ्चालन गरी गरिबी निवारणमा सहयोग पुर्याउँने योजना सार्बजनिक गरेकी थिईन्।  यस्तै उनले हाल संञ्चालन भई रहेको महिलाहरुका आङ्ग खस्ने समस्या सम्बन्धी स्वास्थ्य परियोजनालाई पनि निरन्तरता दिदै अभियानलाई अझ प्रभावकारी बनाउँने प्रतिबद्दता ब्यक्त गरेकी छन्।

यसका लागि सबै राष्ट्रिय समन्वय परिषदका महिला फोरमहरुमा अन्तर्क्रियात्मक कार्यक्रमहरु संचालन गरि चेतनाको बिकास गर्ने प्रतिबद्दता ब्यक्त गरेकी हुन्।
वैदेशिक रोजगारमा जाने महिलामाथि हुँदै आएका विभेदकारी नीतिलाई अन्त्य गर्न घरेलु कामदारहरुको समस्यालाई निराकरण गर्न, महिलाका समस्याहरुलाई राष्ट्रिय स्तरबाट समस्या समाधान गर्नका साथै श्रम सम्झौता नगेरेको मुलुकहरुमा कामदारहरु पठाउने कार्यलाई कानुनी दायरामा ल्याउन नेपाल र नेपाल बाहिरका सम्वन्धित निकायहरुसँग यथासिघ्र आवश्यक समन्वय गर्ने प्रतिबद्दता पनि प्रधानले निर्बाचन अघि गरेकी थिईन्।

उनि गैर आवासीय नेपाली संघ राष्ट्रिय संमन्वय परिषद् बेल्जियमको सस्थापक सदस्य, महिला संयोजक, संरक्षरक तथा सल्लाहकार हुँदै अन्तराष्ट्रिय महिला उप -संयोजकको भुमिकामा रही यस अघि पनि काम गरेकी थिईन्। फेरि पुन: उप संयोजकको जिम्मेबारी सम्हालेकी छन्।