एनआरएनए अध्यक्षमा पुनः शेष घले निर्वाचित


स्पेन/ गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अध्यक्षमा पुन: शेष घले बिजयी भएका छन्। बिहीबार भएको निर्वाचनमा टेकबहादुर (टीबी) कार्कीलाई पराजित गर्दै घले दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । घलेले ८६७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले २६६ मत पाएका छन् । अध्यक्षमा तिन जनाको उम्मेद्वारी दर्ता भए पनि रतन कुमार झाले घलेलाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएका थिए।

घलेले राष्ट्र पुनः निर्माणमा सच्चा साझेदारी गर्ने र सम्बृद्ध मातृभूमीको निर्माणमा अझै दत्तचित्त भएर लाग्ने प्रण गर्दै पुन: अध्यक्षमा उम्मेद्वारी दिएका हुन्। अबको दुई बर्षमा उनले भवन निर्माण कार्य सम्पन्न गर्ने ,बैदेशिक रोजगार कल्याणकारी कोष संचालन गर्ने र भूकम्पबाट तहसनहस भएको मुलुकको पुनःनिर्माणमा साझेदारी गर्ने महत्वपूर्ण र गम्भीर जिम्मेवारी कााधमा रहेको भन्दै आँफु पूर्ण प्रतिबद्द भएर लाग्ने बताएका छन्।

गैरआवासीयहरुको शक्तिलाई एकीकृत गर्दै एनआरएनलाई अझै बिश्वासिलो र भरोसायोग्य बनाउँदै राष्ट्र पुनःनिर्माणमा साझेदारी गर्ने र सम्बृद्ध मातृभूमीको निर्माणमा अझै दत्तचित्त भएर लाग्ने प्रण गर्दै घलेले भूकम्पका कारण संचालनमा ढिलाई भएको बैंदेशिक रोजगार कल्याणकारी कोषको संचालन, भवन निर्माणको समापन, भूकम्प पिडीतलाई एक हजारभन्दा धेरै घर निर्माण लगायतका कामहरु आफ्नो मुख्य प्राथमिकतामा रहेको बताएका छन्।

गैरआवासीय नेपाली नागरिकतामार्फत् नेपाल सरकारले दिएको महत्वपूर्ण अबसरलाई सदुपयोग गर्दै नेपालमा सीप र पुजीलाई भित्राउन आँफुले सार्थक कोसिस गर्ने प्रण गरेका छन्।

उनले ‘नेपालीका लागि नेपाली’ भन्ने नारालाई सार्थक बनाउने लक्ष्यसहित गैरआवासीय नेपाली संघको नेतृत्व यस अघि दुई बर्ष पुरा गरिसेका छन्। सो अवधिमा पनि संस्थालाई स्थायित्व दिन, भरोसा योग्य बनाउन र मातृभूमीको सम्बृद्धिमा साझेदारीका लागि उनको ठुलो योगदान रहेको छ। देशमा भूकम्प जाँदा घलेले संसार भरका गैर आबासीयहरुलाई एकै ठाउँमा केन्द्रित गर्दै प्रभावित ठाँउमा आँफै पुगेर राहत बितरण गरेका थिए। भूकम्पमा घलेले पुर्याएको योगदानको संसारभरका नेपालीहरुले खुलेर प्रशंसा गरेका थिए।
उनले आफ्नो पहिलो कार्यकालमा संस्थाको आफ्नै भवन निर्माण गर्ने कार्यलाई अग्रसरता देखाए र सो कार्य अन्तिम अबस्थामा पुगेको छ। यस्तै बैदेशिक रोजगार कल्याणकारी कोषको स्थापना गरी संचालनको तयारीमा रहेका छन्। यस्तै उनकै कार्यकालमा गैरआवासीय नेपाली नागरिकता प्राप्तिको सपना पनि पुरा भएको छ।