एनआरएन महासचिबमा रसियाबाट डा.बद्री केसी बिजयी


काठमाडौ/ गैरआवासीय नेपाली संघको सातौ अधिबेशनबाट महासचिब पदमा रसियाबाट डा. बद्री केसी बिजयी बनेका छन्। बर्तमान कोषाध्यक्ष समेत रहेका केसीले  सर्बाधिक ५५५ मत ल्याउँदै बिजयी भएका हुन्।

उनि सँग महासचिव पदका लागि प्रतिस्पर्धा गरेका स्पेनका पुष्प राज तिमिल्सिना १२२.अष्टेलियाबाट रन्जु बाग्ले थापा २५५ र जर्मनीका पुष्प थापाले१३४ मत ल्याएका छन्।

कोषाध्यक्ष पदमा जिम्मेबारी पूर्ण ढंगबाट भूमिका निर्बाह गरेको हुँदा गैर आबासीयहरुले केसीलाई नयाँ जिम्मेबारी सुम्पेका छन्।