एनआरएन सचिव बने बेल्जियमका अर्जुन कुमार श्रेष्ठ


काठमाडौ / गैर आबासीय नेपाली संघको सातौ अधिबेशनबाट बेल्जियमका अर्जुन कुमार श्रेष्ठ सचिब पदमा निर्बाचित भएका छन्। युरोप क्षेत्रीय संयोजक पदमा सफलता पुर्बक जिम्मेबारी निर्बाह गरेका श्रेष्ठले ३९१ मत पाप्त गर्दै सचिबमा बिजयी भएका हुन्।
उनले अष्ट्रेलियाका गणेश केसीले ३१६ बेलायतबाट सुरेन्द्र श्रेष्ठ १८२ र साउदी अरबका धरम केसीले १६९ मत पाप्त गरे।

गैर-आवासिय नेपाली संघमा सन् २००९ देखि विभिन्न पदमा रही अभियानमा लागेका श्रेष्ठले दुई कार्यकाल अन्तराष्ट्रिय समन्वय परिषदको सदस्यमा रही काम गरे भने २७ बटा राष्ट्रिय समन्वय परिषद रहेको युरोप क्षेत्रको संयोजक बनेर जिम्मेबारी निर्बाह गरे।

को हुन् अर्जुन कुमार श्रेष्ठ ?

बेल्जियममा करिब डेढ दशक लामो समय गुजारीसकेका श्रेष्ठ एक सफल युवा ब्यबसायी रुपमा परिचित छन्।बेल्जियमको पर्यटकीय तथा औधोगिक शहर अन्त्वेर्पेंनमा नेशनल होटल संचालनमा गरिरहेको बिपीए ग्रुप सँग आबद्द श्रेष्ठले छोटो समयमा नै ब्यबसायमा फड्को मारेका छन्।

यस्तै श्रेष्ठ आबद्द बिपीए ग्रुपले यस अघि अन्त्वेर्पेंन नजिकै सेन्ट-निक्लासमा न्यु फ्ल्नांदर होटल संचालन गरिरहेका छन्। न्यु फ्ल्नांदरन बेल्जियममा नेपालीहरुको लगानीमा संचालन गरेको पहिलो तिन तारे होटल मानिन्छ।

श्रेष्ठले एक दशक अघि देखी नै बेल्जियममा बिभिन्न ब्यबसायहरु संचालन गर्दै आएका छन्। एनआरएनको स्थापना काल देखि नै सक्रिय श्रेष्ठ गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य हुँदै हाल युरोप संयोजकको सफलता पुर्बक जिम्मेबारी निर्बाह गरिरहेका छन्।

देशमा विनाशकारी भूकम्प जाँदा गैरआबासीय नेपाली संघको अभियानमा लागि प्रभावित क्षेत्रमा पुगेका श्रेष्ठले युरोपमा राहत संकलन गर्नको लागि पनि महत्वपूर्ण भूमिका खेलेका थिएँ।