तेस्रो ईनास अवार्ड भब्य समारोह बीच सम्पन्न,उत्कृष्ट नायक नायिका आर्यन र केकी


काठमाडौ/ अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास)को तेस्रो अवार्ड कार्यक्रम काठमाण्डौमा एक भब्य समारोह बीच सम्पन्न भएको छ। ख्याति पाप्त नेपाली कलाकारहरु उपस्थितिमा बिभिन्न १४ वटा विधामा ‘इनास अवार्ड’ गर्दै सम्पन्न भएको हो।

अवार्डमा चलचित्र ‘नोभेम्बर रेन’बाट आर्यन सिग्देलले उत्कृष्ट नायक र ‘बितेका पल’ चलचित्रबाट केकी अधिकारीले उत्कृष्ट नायिकाको अवार्ड जितेकी छन्।

उत्कृष्ट चलचित्रमा ‘टलक जंग भर्सेस टुल्के’बन्यो भने सोहि चलचित्रबाट उत्कृष्ट निर्देशकको निश्चल बस्नेतले हात पारे। पुरुषोत्तम प्रधानले चलचित्र ‘कबड्डी’बाट उत्कृष्ट छायांकारको अवार्ड प्राप्त गर्दै गर्दा विपिन मल्लले चलचित्र ‘वितेका पल’बाट उत्कृष्ट सम्पादकको अवार्ड पाएका छन् ।

12116002_10153635596520097_3223876263863838671_nरामबाबु गुरुङ र उपेन्द्र सुब्बाले चलचित्र ‘कबड्डी’बाट उत्कृष्ट आलेखकको अवार्ड पाए । अर्जुन पोख्रेलले उत्कृष्ट संगीतकारको अवार्ड ‘स्टूपिड मन’बाट पाउँदै गर्दा डाक्टर कृष्णहरी बरालले चलचित्र ‘नाई नभन्नु ल २’बाट उत्कृष्ट गीतकारको अवार्ड चुमे। स्वरुपराज आचार्यले चलचित्र ‘स्टूपिड मन’बाट उत्कृष्ट पाश्र्व गायक र अञ्जु पन्तले यही चलचित्रबाट उत्कृष्ट पाश्र्व गायिकको अवार्ड जितिन्। पपुलर अवार्डको विधा तर्फ नायिकातर्फ ऋचा शर्मा, नायकतर्फ दयाहाङ राई र चलचित्रतर्फ ‘६ एकान ६’ले अवार्ड प्राप्त गरे ।

shesh-ghale-uthgatanचलचित्र ‘कोहिनुर’बाट बसन्त श्रेष्ठले उत्कृष्ट नृत्यको अवार्ड पाउँदै गर्दा ‘लज्जा’ चलचित्रबाट चन्द्र पन्तले ‘उत्कृष्ट द्वन्द्व’को अवार्ड जिते । संगम बिष्टले चलचित्र ‘लभ यू बाबा’बाट उत्कृष्ट बाल कलाकारको अवार्ड जितिन् ।

मनोनयनमा परेर पनि अवार्ड नलिने घोषणा गरेको नायक तथा गायक बाबु बोगटी र नृत्य निर्देशक शंकर वीसीलाई सम्मान गरिएको थियो । यस्तै, भारतमा बस्दै आएका कलाकार मुरलीधरलाई ‘विशेष सम्मान’ प्रदान गरियो ।

‘निर्देशक घिमिरेलाई लाइफ टाइम र श्रीकृष्णलाई ‘अमर तारा’ सम्मान

तेस्रो ईनास अवार्डको भब्य समारोह बीच निर्देशक तुलसी घिमिरेलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरियो। घिमिरेलाई नेपाली चलचित्रको क्षेत्रमा अनबरत लागेको भन्दै योगदानको कदर स्वरूप नगद १ लाख सहित लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको हो। सम्मान पछि घिमिरेले आफूलाई यसले थप जिम्मेवारी बनाएको बताए।

यस्तै कार्यक्रममा नायक श्रीकृष्ण श्रेष्ठलाई सम्झना गर्दै उनलाई ‘अमरतारा सम्मान’ प्रदान गरियो । श्रीकृष्णकी धर्मपत्नी नायिका स्वेता खड्काले सम्मान ग्रहण गरेकी थिइन् । आफ्नो पतिलाई सम्झना गर्दै नायिका खड्का भावबिहोल भईन्।

12105919_636634986440199_5193510408238784168_nत्यसैगरी अभिनेता मुरलीधर, विश्वकै कान्छा निर्देशक सौगात विष्टलाई पनि विशेष सम्मान गरिएको थियो ।सम्मानकै सिलसिलामा तेस्रो इन्डियन आइडल प्रशान्त तामाङ, चौथो संस्करणका फस्ट रनरअप कपिल थापालाई पनि सम्मान गरिएको थियो । इनासमा आबद्ध कलाकार बाबु बोगटी र शंकर बिसीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा विदेशमा रहेर पनि नेपाली चलचित्रको विकासमा लागि परेको भन्दै निर्माता रमेश त्वयनालाई पनि सम्मान गरिएको थियो ।

अवार्डमा कसले के के गरे ?

एनआरएनको ग्लोबल सम्मेलन पनि नजिकै परेकाले एनआरएनहरुको बाक्लो उपस्थिति रहेको अर्बाड कार्यक्रम निकै रोचक बनेको थियो। मह जोडी हरिबंश आचार्य र मदन कृष्ण श्रेष्ठको बिशेष उपस्थिति रहेकोकार्यक्रममा नायिका केकी अधिकारी, नीता ढुंगाना, पवित्रा अाचार्यको साथमा नृत्य निर्देशक शंकर वीसी लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

यस्तै, हाँस्य कलाकार विल्सन विक्रम राई र शैलेन्द्र सिम्खडाको कमेडीले पनि दर्शकलाई मनोरञ्जन दिए। गायक प्रशान्त तामाङ, कपिल थापा र इन्दिरा जोशीले गीतहरु प्रस्तुत गरे। गायिका कोमल वलीले गीत प्रस्तुत गर्दा एनआरएन उपाध्यक्ष भवन भट्ट लगायत अभियन्ताहरुलाई स्टेजमा नै नचाईन्।

12087977_978877738822311_9088434638655186324_nगैर आबासीय नेपाली संघका अध्यक्ष शेष घले प्रमुख अतिथी रहेको अवार्ड कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका ग्लोबल अध्यक्ष पुष्प बरुवालको अध्यक्षतामा सम्पन्न भयो। बरुवालले कार्यक्रमलाई यसरी भब्य रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने सबैमा धन्यबाद ब्यक्त गरे।

यसअघि ईनास अवार्ड जर्मनी र नेदरल्याण्डमा गरि दुई संस्कण पुरा भएको थियो। तेस्रो अवार्डको कार्यक्रम नेपालमा पहिलो पटक भएको हो।