दसैंको नवरात्रसंगै चण्डिमाई मन्दिरमा नवदुर्गा पुजा सुरु


कृष्ण रानाभाट/ पोखरा
विजयादशमीको पहिलो दिन मंगलबार पोखरा उपमहानगरपालिका वडा नं. ९ दरबारथोकमा रहेको चण्डिका मन्दिरमा कलश स्थापना गरी घटस्थापना मनाइएकोछ । यहा हरेक वर्ष आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनमा घटस्थापना गरिन्छ ।

घटस्थापनाका दिन मन्दिरमा स्थापना गरिएको देवीदेवताका मुर्तिहरुमा दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिएको थियो ।

कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको छ ।

जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको मन्दिरका मुख्य दुर्गा कथा वाचक पण्डित गोकर्ण वरालले वताए ।
यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ ।

unnamed-81
सो मन्दिर परिसरमा २०६९ सालदेखि नवदुर्गा देवी देवताहरुको मूर्ति निमार्ण गरी पुजा तथा श्रीमद्भागवत पुराण तथा चण्डि पाठ गर्दै आएको नवदुर्गा पुजा मुल आयोजक समितिकी संयोजक तथा चण्डिका आमा समुहकी उपाध्यक्ष गंगा सुवेदीले वताईन्।

विगतका वर्षमा माटो र परालद्धारा निर्माण गरिएका मुर्तिहरुको पुजा गरेर पुर्णिमाको दिन विसर्जन गरिदैं आएकोमा यस वषदेखि सिमेन्ट छडबाट स्थायी रुपमा दुर्गा भगवती, लक्ष्मी, सरस्वती, गणेश र कुमारको प्रतिमा साथै उनिहरुका बहानहरुको पनि प्रतिमा वनाईएको आमा समुहकी सचिव विमला रानाभाटले वताईन्। उनले यस वर्षको पुजा तथा कथा वाचन असोज २६ गतेदेखि कात्र्तिक ४ गतेसम्म भजन कृतन सहित नौ दिन पुजा संचालन हुने समेत वताईन्।

पुजाको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि आध्यात्मिक चिन्तक ९२ वर्षिया वृद्धा विवि कुमारी गुरुङले गरेकी थिईन्।कार्यक्रमको पुर्व कलश यात्राद्धारा नगर परिक्रममा गरिएको थियो। मन्दिर परिसरबाट निकालिएको कलश यात्रा अनुपम मार्ग, न्युरोड, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार हुँदै पुनः मन्दिर आएको थियो।

unnamed-87कलश यात्रामा नयाँवजार नेवाः मिसः पुचः, शान्तिदर्शन महिला समुह, संगममार्ग आमा समुह, सिद्धमार्ग आमा समुह, कृष्ण मन्दिर संचालक समिति, राम मन्दिर व्यवस्थापन समिति, दरबारथोक टोल विकास संस्था, श्रीकृष्ण कल्याण आमा समुहलगाएतका संघ संस्थाका अध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको थियो।

पुजा आयोजक समितिकी संयोजक गंगा सुवेदीको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा सल्लाहकार वेदप्रसाद श्रेष्ठ, आमा समुहकी कोषाध्यक्ष पुष्पकुमारी आचार्यलगाएतले वोलेका थिए।

unnamed-82unnamed-86unnamed-85unnamed-84unnamed-83