भारतीय नाकाबन्धी बिरोधमा पोखरामा युवाहरु सडकमा उत्रदै


पोखरा/ सामाजिक संजाल फेसबुक मार्फत आव्हान गरेर पोखरामा भारतले लगाएको अघोषित नाकाबन्दी बिरूद्द विशाल युवा प्रदर्शनको तयारी भएको छ।

आगामी असोज २७ गते फेसबुक मार्फत ईभेन्ट पेज बनाएर नाकाबन्धी बिरुद्द बिरोध प्रदशनीको तयारी गरिएको हो। राष्ट्रिय स्वाधीनता सवाल रहेकोले भित्रि मन देखि नै युवाहरुले राष्ट्रिय सार्बभौमिकताको रक्षाको लागि भारतलाई दवाव स्वरूप बिरोध कार्यक्रमको तयारी गरिएको अभियानकर्मी मोहन राज बरालले बताए।

हामी भोकै मर्न तयार छौ तर स्वाभिमान बेच्दैनौ यसकारण पनि प्रदर्शन गर्दै छौ अर्का युवा सुर्य प्रसाद बराल बताउँछन्।

देशभक्त युवाहरू आयोजक रहेको त्यस बिरोध रयाली प्रार्दी चोक,बिरौटा हुदै भारतिय पेन्सन क्याम्प रामबजारमा गएर कोण सभामा परिणत हुनेछ।सामाजिक संजाल फेसबुकमा आएको प्रतिकृया अनुसार त्यसदिन ब्यापक युवाहरूको सहभागी हुने आकलन गरिएको छ।