दशैको मुखैमा लत्ताकपडा पाउँदा, चनौटेका महिलाहरु आँशु थाम्न सकेनन्


स्पेन/ नेपालीहरुको महान पर्ब दशैको मुखैमा एनआरएन महिला फोरमले लत्ताकपडा बाड्दै सिन्धुपाल्चोकका भुकम्प पिडित महिलाहरुको आँशु पुछेका छन्। भूकम्पले घरबार बिहिन भई चाडबाडमा बेला न्यास्रो मानिरहेका दिदिबहिनीहरुलाई लत्ताकपडा बाँड्दै दुखेको घाउँमा मल्हम लगाएका हुन्।

गैर आबासीय नेपाली संघ महिला फोरमको सक्रियतामा सिन्धुपाल्चोक जिल्लाको ईचोक गाबिस स्थित चनौटेमा पुगी करिब ४ लाख रुपैयाँ बराबरको लत्ताकपडा बितरण कार्यक्रम सम्पन्न भएको छ। चाडबाडको मुखैमा भूकम्पले अति प्रभावित ठाउँहरुमा महिलाहरु आँफै पुगेर दुखेको घाउँमा मल्हम पट्टी लगाएका हुन्।

ईन्धनको अभावमा कार्यक्रम गर्न कठिनाई भए पनि काठमाडौबाट नै जोखिम पूर्ण बसको यात्रा गर्दै गैर आबासीय महिलाहरु प्रभावित क्षेत्र पुगेका थिए। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदमा गठन भएका बिभिन्न देशहरुका महिला फोरमहरुको सक्रियतामा लत्ताकपडा लागि सहयोग संकलन भएको थियो।

12096149_804901336288909_3086775244141490112_nबितरण कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद महिला संयोजक सपिला राज भण्डारी,उप- संयोजक रजनी प्रधान,सचिव रञ्जु वाग्ले थापा,लगायत एनआरएन महिलाहरु प्रभावित क्षेत्रमा आँफै पुगेर दशैको बेला आमा दिदीबहिनीहरु सँग दुख सुखका कुराकानी पनि गरे।प्रबासबाट यसरी माया गर्दै चाडबाडको बेला कोसेली लिएर आउँदा स्थानीय महिलाहरु हर्षले आँशु थाम्न सकेनन्।

यस्तै लत्ताकपडा बितरण कार्यक्रम अक्टोबर १८ र १९ तारिकमा पनि अन्य प्रभावित जिल्लाहरुमा रहेको फोरमले जनाएको छ। देशमा भएको ईन्धन अभावको कारणले प्रभावित क्षेत्रमा पुग्नको लागि निकै कठिनाई भएको छ।

आगामी बुधबार देखि गैर आबासीय नेपाली संघको सातौ अधिबेशन काठमाडौमा चार दिन सम्म चल्दै छ। यसै सन्दर्भमा एनआरएनका परोपकारी कार्यक्रमहरु गत साता देखि नै जारी रहेका छन्।

12074967_804900512955658_7128129452188751941_n

11228902_10207986504489750_5994715405639988281_n