होमस्टेमा प्राङ्गगारिक खेती सम्बन्धि तालिम सम्पन्न


पोखरा /
भानु नगरपालीका वडा नं ४ स्थित रानागाउमा संचालीत “रानागाँउ भाल्डाडा होमस्ट” मा आउने पाउनाहरुलाई शुद्ध प्राङ्गगारिक खाना उपलब्ध गराउन मंगलबार २ दिनेप्राङ्गगारिक खेतीतालिम सम्पन्नभएको छ ।

एसिया मानव अधिकार तथा सांकृतिक विकास मञ्चको आयोजनामा सञ्चालीत तालिममा होमस्टे सञ्चालक र स्थिानीय कृषक गरी ६० जनाको सहभागीता रहेको थियो । तालिममा कृषी विशेषज्ञ कृष्ण न्योैपाने र श्रीकृण अधिकारीद्वारा प्रशिक्षण दिएका थिए भने तालिमको सहजिकरण जेएमडीआई होस्ट परियोजनाका तनहूूँ कार्यक्रम संयोजक घनश्याम लिम्बुले गरेका थिए ।

उक्त तालिममा प्राङ्गगारिक खेतीको महत्व, प्राङ्गगारिक खेतीगर्ने विधी, प्राङ्गगारिक मल, प्राङ्गगारिक विषाधी, टनेल खेती, थोपा सिंचाई र माटो परिक्षण विधीको बारेमा सैदान्तिक र व्यवहारीक जानकारी दिइएको थियो ।

“महंगोमा रासायनीक मल किन्नु भन्दा आफैले सस्तोमा प्राङ्गगारिक मल बनाउन सकिने रहेछ” तालिम लिएका स्थिानीय विसाल रानाले बताए । त्यस्तै होमस्टे सञ्चालकहरुले पनि अर्गानिक उत्पादन गरेर आफुले पनि सेवन गर्ने र पाहुनालाई पनि खुवाउने प्रण गरेको जेएमडीआईका तनहूूँ सुचना अधिकृत संगम रानाले जानकारी दिए ।
युएनडिपीले नेतृत्व गरेको संयुक्त आप्रावासन तथा बिकास पहल कार्यक्रम अन्तरगत जेएमडीआई होस्ट परियोजनाले बिगत ७ महिना देखी रानागाउमा होमस्टे सन्चालनमा सहयोग गर्दै आएकोछ भने यस परियोजनालाई एसिया मानव अधिकार तथा सांकृतिक विकास मञ्च (एसियन फोरम)ले कार्यन्वयन गरेको छ ।