एनआरएन अभियन्ताहरु, बागलुङ् पुग्दा (फोटोफिचर)


अमलाचौर/गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको बाग्लुङमा भव्य स्वागत गरिएको छ । अमलाचौर–६ स्थित पृथ्वी उच्च माध्यमिक विद्यालयको विज्ञान तथा कम्प्युटर प्रयोगशाला भवन शिलन्यास गर्न शुक्रबार बाग्लुङ पुगेका घलेको भव्य स्वागत गरिएको हो । अमलाचौरमा जन्मी विदेशका विभिन्न ठाउँमा पुगेका गैरआवसीय नेपालीहरुले फेसबुक अभियान चलाएर प्रयोगशाला निर्माणको लागि आर्थिक संकलन गरेका थिए ।

शिलान्यस कार्यक्रममा अध्यक्ष घलेले  शिक्षाबाट बंचित युवायुवतीलाई प्रलोभनमा पारेर विदेश पठाउँदा अलपत्र पार्ने क्रम बढेको भन्दै सचेत रहन आग्रह गरेका हुन्। 

‘दलालहरु सक्रिय भएर युवालाई ठगि रहेका छन्,’ एनआरएन अधिवेशनमा आँफुलाई भावी अध्यक्षको रुपमा प्रस्तुत भएका घलेले भने, ‘छोटो प्रलोभनमा नपर्नु होला।’ विशेष गरी खाडी मुलुकमा पठाउँदा नेपाली युवाले समस्या भोग्नु परेको भन्दै उनले चिन्ता व्यक्त गरे।

 कार्यक्रममा पूर्व शिक्षा मन्त्री दिननाथ शर्माले शिक्षा क्षेत्रमा एनआरएनको सहयोगले ठूलो टेवा पुगेको बताए। सो अवसरमा बागलुङ क्षेत्र न २ का सभासद प्रकाश शर्मा पौडेलले नयाँ संविधानमा शैक्षिक अधिकारको सुनिस्चित भएको बताए।

पूर्व विद्यार्थी र एनआरएनको सहयोगमा अमलाचौरको पृथ्वी उच्च माविमा विज्ञान तथा कम्युटर प्रयोगशाला एनआरएन अध्यक्ष शेष घले लगायतले शिलन्यास गरे। घलेसहित पुर्ब अध्यक्ष जीवा लामिछाने,उपाध्यक्ष भवन भट्ट,महासचिव कुमार पन्त,युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ,सल्लाहकार पुष्पराज तिमिल्सिना लगायतको टोली हेलिकप्टर चार्टर गरेर अमलाचौर आएका थिए।

सो अवसरमा बागलुङको अमलाचौरका स्थानीय समेत रहेका ग्लोबल आइएएई ग्रुपका अध्यक्ष चन्द्र ढकालले १ करोड, प्रभु बैकंका डाइरेक्टर दक्ष पौडेलले १५ लाख, सभासद प्रकाश शर्मा पौडेलले ५ लाख, एनआरएनका उपाध्यक्ष भवन भट्टले ५ लाख, महासचिब कुमार पन्तले १ लाख ५० हजार, एनआरएन युरोप संयोजक अर्जुन श्रेष्ठले १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको पूर्व विद्यार्थी समाजका सचिब राजन पौडेलले बताए।

एनआरएनको तर्फबाट ६५ लाख रुपैयाँ सहयोग प्रदान भएको पृथ्वी उच्च मावि अमलाचौर पूर्व विद्यार्थी समाजका अध्यक्षडा. हेमराज शर्मा जानकारी दिए। सो विद्यालयको भवन शिलन्यास कार्यक्रममा मात्र १ करोड ३५ लाख रुपैयाँ संकलन भएको पूर्व विद्यार्थी समाजका चिरन शर्माले जानकारी दिए।

सोही अवसरमा अमलाचौरका स्वर्गीय भिमनाथ शर्मा पौडेलको स्मृतिमा छोरा दक्ष पौडेलले १० लाखको लागतमा निमार्ण गरिएको पुस्तकालय बिद्यालयलाई हस्तान्त्रण गरिएको थियो। 12115776_10153629680452973_2114072495327590608_n12074605_1204622829554770_685751635108850816_n12074651_1204623322888054_9214489684604694208_n12122544_1204623012888085_2689755664906618569_n12118893_10153629678352973_808575982561601733_n