बिपीको मेलमिलाप नीतिलाई सम्झना गर्दै, स्पेनमा काँग्रेसले चियापान गर्ने


बार्सिलोना/
प्रत्येक कोजाग्रत पूर्णिमाका दिन नेपाली काग्रेसले गर्दै आउँने चियापान कार्यक्रमको निरन्तरता, स्पेनबाट नेपाली जन सम्पर्क समितिले यस बर्ष पनि दिने भएको छ। आफ्नो पार्टीले ‘राष्ट्रिय मेलमिलाप’ को सन्देश प्रबाह गर्दै बडादसैँ, तिहार तथा छठका अवसरमा आयोजना गर्दै कार्यक्रमको निरन्तरता दिन लागेको हो।

तत्कालिन नेपाली काग्रेसका पार्टी सभापति बिपी कोइरालाले विसं २०३५ मा राष्ट्रिय मेलमिलापको नीति भन्दै चियापान तथा शुभकामना कार्यक्रमको शुरुवात गरेका थिए। बिपीको नीतिलाई सम्मान गर्दै यस बर्ष पनि अक्टोबर २६ तारिक बार्सिलोनामा कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष शालिकराम डुम्रेले नेपालीनेपाली डटकमलाई जानकारी दिए।

 गतबर्षको झलक
गतबर्षको झलक

उनले स्पेन स्थित संघ सस्थाका प्रतिनिधिहरुलाई पत्राचार गर्ने बताउँदै नेपाली समुदायलाई भाग लिन अनुरोध गरेका छन्।

समितिका अन्य निर्णयहरु

यसैबीच नेपाली जनसम्पर्क समिति स्पेनको नियमित बैठकले बिपी कप भलिबल प्रतियोगिताको बारेमा समिक्षा गरेको छ। कार्यसमितिका सदस्य राजु थापाको संयोजनमा सम्पन्न कार्यक्रम सफल भएको भन्दै सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त गरेको छ।

एनआरएन ग्लोबल सम्मेलनमा समितिका सँस्थापक अध्यक्ष चिन्तामणी सापकोटा र पुर्ब अध्यक्ष एकराज गिरीको संयोजकत्वमा नेपाल पुग्ने निर्णय गरेको छ। यस्तै चितवन समाज स्पेनले बार्सिलोनामा आयोजना गर्न लागेको हाजिरी जवाफ प्रतियोगितामा समितिको तर्फ भाग लिने भन्दै कार्यक्रम सफलताको कामना गरेको छ।

चियापन कार्यक्रम बारे जानकारी 

मिति- २६,अक्टोबर ०१५

स्थान:– हिमाली रेष्टुरेन्ट बार्सिलोना
समय:- दिउँसो ४.३० बजे

आयोजक- नेपाली जनसम्पर्क समिति स्पेन