स्पेनमा दशै तिहार बिशेष साँस्कृतिक कार्यक्रमको तयारी


बार्सिलोना/ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले नेपालीको महान पर्ब वडा दशै तथा शुभ दिपावलीको उपलक्ष्यमा शुभकामाना आदान-प्रदान तथा बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

हरेक बर्ष जस्तै संघले यस पटक पनि स्थानीय कलाकारहरु प्रस्तुती सहित,शुभकामाना आदानप्रदान कार्यक्रमको आयोजना गर्न लागेको हो। कार्यक्रममा स्थानीय कलाकारहरु गीत संगीत तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई रोचक बनाउने भएका छन्।यसका साथै महिला फोरम र नेपाली पाठशालाको पनि बिशेष प्रस्तुती रहेको संघले जनाएको छ।

आगामी अक्टोबार २५ तारिक बार्सिलोनाको सिसिलिया हलमा हुने कार्यक्रम सम्पन्न गर्नको लागि संघका उपाध्यक्ष राजु शमशेर थापाको संयोजकत्वमा बिभिन्न तयारी उपसमितिहरु समेत गठन भएका छन्।

मञ्च ब्यबस्थापनका लागि जानुका रेग्मी,साँस्कृतिक कार्यक्रमका लागि तुलसी शिवाकोटी,आर्थिक संकलनमा पेशल कुमार कोईराला,खाना ब्यबस्थापनमा रामप्रसाद सापकोटा बिराज,टिकट तथा चिठ्ठाका लागि सिता सिंह महर्जन,स्वयंसेवक व्यवस्थापनमा दिपक क्षेत्री र प्रचारप्रसार बिभागको जिम्मा सुबास रानाभाट रहने गरि उपसमितिहरु गठन भएको संघले जनाएको छ।

संघले बिभिन्न राजनीतिक तथा जातीय, धार्मिक, क्षेत्रीय ,सामाजिक संघ संस्था, समाजसेबी, ब्यबसायी, बिद्यार्थी,कलाकार तथा पत्रकार लगायत सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको छ।

कार्यक्रमबारे बिबरण

मिति :-२५ अक्टुबर २०१५
कार्यक्रम हुने स्थान :-काईया सिसीलिया ३२१
समय:-पुर्बान्ह ३:३० बजे देखि राति ११:०० सम्म
प्रबेश शुल्क:- १० युरो