एनआरएन स्पेनको कार्यालय खोल्न ११ हजार युरो जुट्यो (नामावली सहित)


बार्सिलोना /
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले आफ्नो कार्यालय स्थापना गर्नको लागि ११ हजार १ सय ९९ युरो संकलन गरेको छ। संघले स्पेनबासी नेपाली समुदायहरुको समस्या समाधान गर्नको लागि कार्यालय नै पहिलो प्राथमिकता भएको ठहर गर्दै, सहयोग संकलन गरेको हो।

संघले हाल संकलन भएको रकम कार्यालय सहयोगार्थ जुटेको भएँ पनि हरेक महिना हुने खर्च बिभिन्न शिर्षकबाट जुटाउँने जनाएको छ। कार्यालय खर्चको लागि यहाँ बस्ने नेपालीहरुको आवेदन तथा कागजी कारबाही बापत न्यूनतम शुल्क तोक्ने,कार्यसमितिका सदस्यहरुबाट कार्यलय खर्च शिर्षकबाट मासिक रुपमा रकम उठाउँने योजना समेत संघले लिएको छ।

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले कार्यालय स्थापनाको लागि १ हजार ५ सय युरो,महासचिब कुमार पन्तले १ हजार ५० युरो, युरोप संयोजक अर्जुन कुमार श्रेष्ठले ९ सय ९९ युरो,आईसीसी सदस्य कुल आर्चायले बेलायतबाट १ हजार ५ युरो सहयोग गरेका छन्।

संघका कोषाध्यक्ष पेशल कोईरालाले कार्यालयका लागि प्रतिबद्दता गरिएको मध्ये २ हजार ५ सय ४६ युरो संकलन भई सके पनि बाँकी रकम उठाउँन बाँकी रहेकोले बताए। संघले बार्सिलोनामा आफ्नो कार्यालय खोजिसकेको छ भने संचालनको तयारीमा रहेको छ।

स्पेनमा किन आवाश्यक छ कार्यालय?

धेरै समस्याहरु भोग्दै आएका स्पेनबासी नेपालीहरुले,आफ्नो समस्या र दुख पोख्ने ठाँउ समेत नभएको गुनासो गरेकोले, कार्यलय खोल्ने तयारी गरेको संघले जनाएको छ। नेपालीहरुलाई पर्ने विभिन्न समस्याको सहि रुपमा सम्बोधन गर्न सर्बसाधारणका आवाज र गुनासोहरुलाई सुनेर सम्बोधन गर्न कार्यलय जरुरी रहेको संघको ठहर छ।

नेपालबाट भर्खर स्पेन आएका नेपाली बालबालिकाहरुले स्पेनिस भाषा बोल्न नजान्ने, फेरि यतै जन्मेका नेपाली बालबालिकाहरुले नेपाली भाषा लेख्न र पढ्न नजान्ने हुँदा, नेपाली पाठशालालाई ब्यबस्थित गर्न कार्यलय भएँ पछि सजिलो हुने देखिएको छ।

यस्तै भर्खर स्पेन आएका नेपालीहरुलाई स्पेनिस भाषा सिक्ने थुप्रै ठाँउहरु भएँ पनि,नेपालीहरुबाट नै सिकाउँने ब्यबस्था गर्न सके प्रभाबकारी रहने भन्दै संघले यसको शुरुवात कार्यलयबाट कोशिस गर्ने जनाएको छ। संघले एनआरएन बारेको अभियान प्रत्येकको घर घरमा पुर्याउँने, पंजीकृत सदस्य बिस्तार गर्ने कार्य पनिकार्यलयबाट ब्यबस्थित ढंगबाट संचालन गर्ने जनाएको छ।

स्पेनमा रहेका नेपालीहरुको तथ्यांक संकलन गर्ने कार्यलाई पनि शुरु गर्न,दुताबास सँग सम्पर्क गरि आई परेका समस्याहरुको समाधान गर्न,स्थानीय कलाकारहरुबाट संगीत बारे बालबालिकाहरुलाई प्रशिक्षण दिन पनि कार्यलय स्थापना पछि सहज हुने संघको ठहर छ।

यस्तै एमआरपी राहादानी र आवश्यक कागज पत्र बनाउने कामलाई सरलिकरण गर्न कम्तिमा ६/६ महिनामा नेपाली दुतावासबाट घुम्ती टोली आउँदा समेतकार्यलयबाट नै काम अगाडि बढाउँने संघले जनाएको छ।

सन् २००७ मा संघको स्थापना भएँ पनि संघको आफ्नो कार्यालय नहुँदा रेष्टुरेन्ट,बारहरुमा बैठक,छलफल हुँदै आएको छ। संघ सस्थाहरुले रेष्टुरेन्ट बारमा बैठक बस्दा, खर्च गर्ने रकम कार्यालय खर्चका लागि छुट्टाईदिने हो भने पनि संघको कार्यालय निरन्तर रुपमा चल्न सक्ने देखिएको छ।

सहयोगदाताहरुको नामावली :-

12084045_10153682228029766_944775808_n

नोट:- इन्टरनेशनल आर्टिष्ट फोरमको ११० युरो हुनु पर्नेमा र जम्मा रकम ११,१९९ युरो हुनु पर्नेमा अन्यथा भएकोमा सच्चाईएको छ।