करौडौ रुपैयाँ खर्च हुने एनआरएन सम्मेलनमा,कहाँबाट जुट्छ सहयोग?


स्पेन/ गैर आबासीय नेपाली संघको अधिबेशनमा करौडौ रकम खर्च हुने भए पनि बढी मात्रामा ब्यापार ब्यबसाय गर्दै आएका गैर आबासीयहरुले नै प्रायोजन गर्दै आएका छन्। यही अक्टोबरमा १४ देखि १७ सम्म हुने संघको सातौ अधिबेशनका लागि पनि १ करोड भन्दा बढी रुपैयाँ सहयोगको लागि प्रायोजक तथा सहयोगदाताहरु जुटीसकेका छन्।

गैर आबासीय नेपाली संघको अफिसियल साईटमा अपडेड भएको आँकडा अनुसार सम्मेलनलाई ३ वटा ईभेन्ट पार्टनर, ४ बटा प्लाटिनम,३ बटा गोल्ड र ६ बटा सिल्भर पार्टनरको रुपमा स्पोंन्सर गर्दै सहयोग गरेका छन्। प्लाटिनम स्पोन्सरबाट १० लाखको दरले ४० लाख रुपैयाँ,गोल्डबाट ७ लाखको दरले २१ लाख रुपैयाँ र सिल्भरबाट ४ लाखको दरले २४ लाख रुपैयाँ जुट्ने आँकडाबाट स्पष्ट हुन्छ।

यस्तै साईटमा नै अपडेड भएका २४ बटा सपोर्टरहरुले पनि १ लाख रुपैयाँको दरले सहयोग गर्दा २४ लाख रुपैयाँ जुट्ने निश्चित छ। यो सँगै अधिबेशनका लागि अहिले नै १ करोड भन्दा बढी रुपैयाँ जुटीसकेको आँकडाले प्रस्तुत गरेको छ। अझै कतिपय राष्ट्रिय समन्वय परिषदबाट सम्मेलनलाई सहयोग हुने रकमको बिबरण अपडेड हुन बाँकि नै छ।

यो अलवा ईभेंन्ट पार्टनरको रुपमा टिबीआई ग्रुप,ग्लोबल आईएमई बैंक,र प्रभु बैङ्क रहेका छन्। बिश्व सम्मेलन अबधि भर बिभिन्न ईभेन्टहरुमा लाग्ने खर्चहरु ईभेन्ट पार्टनरहरुले गरिदिने हुँदा पनि समग्रमा संघलाई रकम बचत गर्न सजिलो हुने देखिन्छ।
रजिष्टेसन शुल्क,निर्बाचन प्रक्रियामा बुझाउने उम्मेद्वारी शुल्क र अन्य सहयोगलाई मध्य नजर गर्दा पनि सम्मेलनमा यसपटक २ करोड भन्दा बढी रकम संकलन हुने सजिलै अनुमान लगाउँन सकिन्छ। १ करोड भन्दा बढी रकम बचत गर्न सक्ने सम्भावना देखिएको छ।

छैटौ अधिबेशनमा के भएको थियो ?

छैटौ अधिबेशनबाट संघलाई ८० लाख ७७ हजार ९ सय ३७ रुपैयाँ ४२ पैसा नाफा भएको थियो। सम्मेलनमा बिबिध शिर्षकबाट १ करोड ९२ लाख ९६ हजार ३ सय ७७ रुपैयाँ ८३ पैसा संकलन हुँदा, १ करोड १२ लाख १८ हजार ४ सय ३८ रुपैयाँ ४१ पैसा खर्च भएको उल्लेख छ।

गत अधिबेशनमा स्पोन्सरबाट मात्रै ७५ लाख ८५ हजार १ सय ७१ रुपैयाँ २५ पैसा जुटेको थियो तर अहिले त्यो रकम बढेर १ करोड भन्दा बढी पुगेको छ। त्यसैले पनि यसपटक २ करोड रुपैयाँ भन्दा माथि रकम संकलन हुने सजिलै अनुमान लगाईएको हो। छैटौ अधिबेशनमा रजिष्टेसनबाट मात्र ८९ लाख ७४ हजार ९ सय ६ रुपैयाँ ५८ पैसा संकलन भएको थियो।

तर यो पटक पहिले भन्दा धेरै गैर आबासीयहरुले भाग लिने अनुमान गरिएको छ। यसैले पनि स्वत: अधिबेशनबाट बढी रकम बचत हुने अड्कलबाजी गरिएको हो।

 सातौ अधिबेशनका कहाँ कहाँबाट मिल्यो सहयोग हेर्नुहोस्। (तस्बिरमा)

प्लाटिनम पार्टनर – १० लाख रुपैयाँ
गोल्ड – ७ लाख रुपैयाँ
सिल्भर स्पोंन्सर – ४ लाख रुपैयाँ
सपोर्टर- १ लाख रुपैयाँ

Screen Shot 2015-10-07 at 14.38.41

 

Screen Shot 2015-10-07 at 14.39.04