महासचिबका प्रत्यासी तिमिल्सिनाले बाचा गर्दै भने, कुनै हालतमा उम्मेद्वारी फिर्ता लिन्न


बार्सिलोना । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको महासचिव पदमा स्पेनबाट उम्मेद्वारी घोषणा गरेका पुष्पराज तिमिल्सिनाले आँफु कुनै पनि हालतमा चुनाबी मैदानमा उत्रने प्रतिबद्दता ब्यक्त गरेका छन् । स्पेनबासी नेपाली समुदाय माँझ तिमिल्सिनाले आँफुलाई सहमती गर्नु बाहेक अन्त्तत चुनाब लड्नु नै बिकल्प रहेको बताएका हुन्।

स्पेनबासी नेपाली समुदायलाई सम्बोधन गर्दै तिमिल्सिनाले भने,” बिगतको अधिबेशनमा सचिबमा झिनो मतले पराजित भए,तर आशा छ गैर आबासीयहरुले यस पटक मलाई बिजयी गराउनु हुने छ। तर स्पेनबासीलाई बिश्वास दिलाउँछु या हार्ने छु वा जित्ने छु तर उम्मेद्वारी फिर्ता भने लिने छैन।”

संघको गत छैटौ अधिबेशनमा सचिव पदका लागि तिमिल्सिना निकटतम प्रतिद्वन्द्वी रहेका थिए। स्पेनबाट अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य हुँदै तिमिल्सिना हाल आईसीसी सल्लाहकारको भूमिकामा रहेका छन्।

गैर आबसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनले शनिबार आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै बक्ताहरुले तिमिल्सिनालाई पूर्ण रुपले समर्थन गर्ने बताएका छन्। महासचिब जस्तो पदमा उम्मेद्वारी घोषणा गर्नु स्पेन कै प्रतिष्ठाको बिषय भन्दै खुलेर साथ दिनेमा बक्ताहरुले जोड दिएका हुन्।

12088597_1022940061091546_829446853524294006_nएनआरएन अभियान मात्रै नभएर एउटा एकताबद्ध र सु-संगठित प्रयास रहेको बताउँदै उनले यसलाई ब्यवस्थित गर्ने पहिलो पुस्ताको प्रतिनिधि भएकोमा आफूमाथि गहन जिम्मेवारी रहदै आएको बताए। तिमिल्सिनाले मुलुक भूकम्पपछि पुन: निर्माणको चरणमा रहेको हुँदा राष्ट्र रुपान्तरणमा आफू सक्रिय रुपमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे।

उनले भने “एनआरएनको गरिमालाई कायम राख्दै अझ सक्रियतापूर्बक ब्यबस्थित, संगठनात्मक संजाल निर्माण गर्न म पूर्ण रुपमा लाग्ने छु। ”

उनले गैरआवासीय नेपाली संघले गरेका क्रियाकलापहरुको निरन्तरता एवम् सक्रिय र नेतृत्वदायी भूमिका निर्बाह गर्न, गैरआबसीय नेपाली अभियानलाई संगठित गर्दै यसको सांगठनिक संजाललाई अझ समय सापेक्ष मजबुद र ब्यबस्थित गर्न भूमिका खेल्ने बताएका छन् ।

यस्तै नेपालमा बैदेशिक र गैरआबासीय नेपालीहरुको लगानी भित्राउन पहल गर्ने बताउदै तिमिल्सिनाले अन्तराष्ट्रिय क्षेत्रमा आर्जन गरेको अनुभव सिप र दक्षताको नेपालमा सदुपयोगका निम्ति पहल गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन्। यस्तै उनले बैदेशिक राजगारीलाई सुरक्षित र मर्यादित तुल्याउन नीतिगत रुपमा नेपाल सरकारसँग निरन्तर पहलकदमी गर्ने बाचा गरेका छन्।

राम्जा देउराली ८ पर्बत घर भएका तिमिल्सिना सन् २००५ देखि स्पेनमा बसोबास गर्दै आएका छन् । स्पेनिस लगानी नेपालमा भित्राउँनको लागि उनको महत्वपुर्ण योगदान रहेको छ। भेरासोल हाउजिङ्ग कम्पनीका संचालक रहेका तिमिल्सिनाले स्पेनमा भन्दा बढी नेपालमा नै लगानी गर्दै आएका छन्।

तिमिल्सिनाको भेरासोल कम्पनीमा स्पेनिस नागरिकको समेत लगानी रहेको छ। यस्तै हिमाली भेगका १६ बटा जिल्लामा बिजुली पुर्याउँने लक्ष्य सहित तिमिल्सिनाले बुद्द पावर कम्पनी दर्ता गराएका छन्। २० बर्षे ग्यारेन्टी रहेका स्पेनिस मेसिनहरु फिट गरेर हिमाली जिल्लामा बिजुली बाल्ने उनको लक्ष्य रहेको छ।

यस्तै २५ मेगावाट क्षमता रहेको म्यादी खोला दरवाङ्ग हाईड़ोपावर संचालनका लागि उनले नेपाल सरकार सँग सम्झौता गरिसकेका छन्। सो हाईड़ोपावरका संचालक समेत रहेका तिमिल्सिनाले हाईड़ोपावरमा पनि स्पेनिस लगानी भित्राउँन सफल भएका छन्। यस्तै नेपाल र स्पेनबाट सामान आयात तथा निर्यातका लागि उनले प्रबासी ट्रेडिङ्ग कम्पनी पनि दर्ता गराएका छन्।

उपसंयोजक पदमा खरेललाई पनि सघाउने

स्पेनबासी नेपालीहरुले गैर आबासीय नेपाली संघ युरोप क्षेत्रीय उप- संयोजक पदका दाबेदार दिपक खरेललाई पनि सघाउने प्रतिबद्दता ब्यक्त्त गरेका छन्। युरोप क्षेत्रीय उप- संयोजक पदमा उम्मेद्वारी घोषणा गरेर एनआरएन अभियानमा निरन्तरता दिने प्रतिज्ञा गर्नु स्पेनबासी नेपालीहरुलाई नै गर्बको कुरा रहेको बताउँदै पूर्ण सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरेका हुन्।

12092596_1037687749598718_1957354792_nकार्यक्रमलाई सम्बोधन गर्दै अन्तराष्ट्रिय समन्वय परिषद सदस्य समेत रहेका खरेलले एनआरएन धनीहरुको मात्र नभई मनकारीहरुको संजाल रहेको बताए। आँफुलाई उप- संयोजक पदमा बिजयी गराएमा, युरोपका राष्ट्रिय समन्वय परिषदहरुको हितमा पूर्ण रुपमा लाग्ने प्रतिबद्दता खरेलले ब्यक्त गरे।

महासचिबका प्रत्यासी तिमिल्सिना तथा उप- संयोजकका उम्मेद्वार खरेललाई स्पेन स्थित संघ सस्थाका प्रतिनिधिहरुले शुभकामाना ब्यक्त गरेका छन्। संघका अध्यक्ष मुक्त बहादुर गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा एनआरएन आईसीसी प्रस्तावित सदस्य एकराज गिरी,एनआरएन स्पेनका पुर्ब अध्यक्ष अनिल गुरुङ, नेपाली जनसम्पर्क समितिका अध्यक्ष शालिकराम डुम्रे,नेपाली प्रबासी नेपाली मञ्चका अध्यक्ष दिनेश गुरुङ,नेपाली जनप्रगतीशिल मञ्च स्पेनका अध्यक्ष गंगा प्रसाद भुसाल,तमु समाज स्पेनकी अध्यक्ष ज्योती गुरुङ,एनआरएन स्पेनकी उपाध्यक्ष जानुकी रेग्मी खनाल,चितवन समाजका अध्यक्ष प्रकाश तिमिल्सिना,गल्कोट समाज स्पेनका संरक्षक पुष्प राज भण्डारी,कास्की सेबा समाजका अध्यक्ष दिननाथ भण्डारी, स्याङ्जा सहयोग समाजका अध्यक्ष बेन बहादुर गुरुङ,नेवारी समाजका प्रतिनिधि सन्तोष श्रेष्ठ,ईश्वर शर्मा,गोपाल रेग्मी,सन्दिप मोहोन भट्टराई,शितल भुर्तेल भुसाल, लगायतले उम्मेद्वारहरुलाई शुभकामना ब्यक्त गरे।

छलफल तथा अन्तरक्रिया कार्यक्रमको संचालन भने महासचिब उमेश प्रसाद अधिकारी र सचिब सुनिल रानाभाटले गरेका थिए।