पबित्र सहकारीको चौथो साधारण सभा सम्पन्न


कृष्ण रानाभाट/पोखरा
भाट समाजद्धारा संचालित पोखराको पृथ्वीचोकस्थित पबित्र बचत तथा ऋण सहकारी संस्था लि.को चौथो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।साधारणसभा उद्घाटन गर्दै सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्रशिक्षक ईश्वरी ढकालले सहकारी संस्थालाई इमान्दारीता पुर्वक संचालन गरेमा सबैलाई राम्रो हुने वताईन्।

कर छलिगर्नु, शेयर सदस्यहरुलाई प्रलोभन देखाई झठा आस्वासन दिई आकर्षित गर्नु संस्थाको लागि घातक हुने वताउँदै सहकारीको मर्म अनुसार सहकारी संचालन गर्नुपर्ने वताईन्।

कार्यक्रममा भाट समाजका केन्द्रिय अध्यक्ष खड्गबहादुर रानाभाट, संस्थापक अध्यक्ष कृष्णराम रानाभाट, विद्यालय शिक्षक किताबखानाका उपनिर्देशक नेपालहरि रानाभाट, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक केदार उप्रेती, भाट समाज कास्कीका अध्यक्ष रमेशबहादुर रानाभाट, कृष्ति पोखरा मिलन सहकारी संस्थाका अध्यक्ष श्रीबहादुर रानाभाट, उन्नती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पदमबन्धु पोखरेल, सिलिङ्गे बचत तथा ऋण सहकारीका अध्यक्ष देवेन्द्र रानाभाट, शेयर सदस्यतर्फबाट प्रनानी गीता रानाभाट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

unnamed-73संस्थाकी अध्यक्ष मीना रानाभाटले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष हरिबहादुर भाटले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । सभामा लेखा समितिका संयोजक रामचन्द्र रानाभाट, ऋण उप–समितिका संयोजक सु.वोधराज रानाभाट, निक्षेप संकलन एवं लगानी अनुगमन उप–समितिका संयोजक रमेशबहादुर राजभाट, सहकारी प्रवद्र्धन उप–समितिका संयोजक कृष्णबहादुर रानाभाटले प्रस्तुत गरेको प्रतिवेदनहरु साथै कर्मचारी नियमावली पारित गरेको छ।

कार्यक्रममा असल वचत कर्ताको तर्फबाट टेकबहादुर रानाभाट र असल ऋणिको तर्फबाट गुमाकुमारी रानाभाटलाई सम्मान गरिएको थियो । साथै प्लस टु, स्नातक एवं स्नातकोत्तर तह उत्र्तिण शेयर सदस्यका १६ जना छोराछोरीहरुलाई सम्मान पत्र, अविर र दोसल्लाले सम्मान गरिएको थियो।

संस्थाकी अध्यक्ष मीना रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष शिबबहादुर रानाभाट र संचालन सचिव श्रीधर रानाभाटले गरेका थिए।