स्पेनमा दिपावलीकप फुटबल हुँदै


बार्सिलोना/ बिभिन्न चाडबाड आउँदा फरक फरक कार्यक्रमहरु हुँदै आएको स्पेनको नेपाली समुदाय माँझ तिहारको अबसरमा दिपावली कप फुटबल हुने भएको छ। नेपालीहरुको महान पर्ब तिहारको उपलक्ष्यमा यस बर्ष पनि प्रतियोगिता हुन लागेको हो।

बिगत २ बर्ष देखि फुटबल आयोजना गर्दै एनआरएन स्पेनले यस बर्ष पनि आउँदो नोभेम्बर ८ मा प्रतियोगिता आयोजना गर्न लागेको संघका सचिब एबंम खेलकुद बिभाग प्रमुख सुनिल रानाभाटले जानकारी दिए।

प्रतियोगिता तयारीको लागि रानाभाटको संयोजकत्वमा दीपक क्षेत्री , रंजन वस्ती , उमाराज ढकाल , कमल भण्डारी रहने गरि समिति समेत गठन भएको छ। स्पेन स्थित संघ सस्थाहरुले आ- आफ्नो टिम बनाउँदै प्रतिस्पर्धा गर्ने भएका छन्।