स्पेनमा दशै तिहार बिशेष साँस्कृतिक साँझ हुँदै


बार्सिलोना/ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले नेपालीको महान पर्ब वडा दशै तथा शुभ दिपावलीको उपलक्ष्यमा बिशेष साँस्कृतिक साँझको आयोजना गर्ने भएको छ।

हरेक बर्ष जस्तै संघले यस पटक पनि स्थानीय कलाकारहरु प्रस्तुती सहित,शुभकामाना आदानप्रदान कार्यक्रमको आयोजना गर्न लागेको हो।
कार्यक्रममा स्थानीय कलाकारहरु गीत संगीत तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई रोचक बनाउने भएका छन्।

आगामी अक्टोबार २५ तारिक बार्सिलोनामा आयोजना हुन लागेको कार्यक्रम सम्पन्न गर्नको लागि संघका उपाध्यक्ष राजु शमशेर थापाको संयोजकत्वमा बिभिन्न तयारी उपसमितिहरु समेत गठन गरेको प्रबक्ता सुबास रानाभाटले नेपालीनेपाली डटकमलाई जानकारी दिए।

मञ्च ब्यबस्थापनका लागि जानुका रेग्मी,साँस्कृतिक कार्यक्रमका लागि तुलसी शिवाकोटी,खाना ब्यबस्थापनमा बिराज शर्मा,चिट्ठाका लागि सिता सिंह महर्जन,स्वयंसेवक व्यवस्थापनमा दिपक क्षेत्री र प्रचारप्रसार बिभागको जिम्मा सुबास रानाभाट रहने गरि उपसमितिहरु गठन भएको संघले जनाएको छ।

चाडबाडको बेला स्पेनमा बिभिन्न आयोजना गर्दै आएको स्पेनको नेपाली समुदायमा दशैतिहार बिशेष कार्यक्रममा पनि उल्लेखेनिय रुपमा सहभागिता रहने अपेक्षा गरिएको छ।

तस्बिर:- एनआरएन स्पेनद्वारा उपलब्ध