पोखरामा संबिधानको स्वागत गर्दै बन्दको प्रतिकारमा मोटरसाईकल र्याली


कृष्ण रानाभाट/पोखरा

पोखरा उद्योग वाणिज्य संघको आव्हानमा पोखरामा सोमबार नयाँ सम्बिधानको स्वागत तथा बन्दको प्रतिकार गर्दै पोखरामा मोटरसाईकल तथा पर्यटन गाडीको सद्भाव र्याली निकालिएको छ।

र्यालीको समापन गर्दै संघका अध्यक्ष विन्दुकुमार थापाले पोखरालाई सधैं खुल्ला छ भन्ने सन्देश दिन आवश्यक भएकोले शनिबार पनि पसलहरु खोल्ने वताए।
विभिन्न व्यवसायीक संस्थाहरुको सल्लाहमा आलोपालो प्रणाली अवलम्बन गरी पोखरालाई सधैं खोल्नु पर्ने वताए।

र्याली सोमबार विहान ८ वजे गैरापाटनबाट नालामुख, मोहोरिया टोेल, वगर, नदिपुर, पालिखेचोक, महेन्द्रपुल, पृथ्वीचोक, राष्ट बैक चोक, लेकसाईड, जिरो किलोमिटर, सृजनाचोक, सभागृहचोक, न्युरोड हुदै गैरापाटनमा समापनभएको थियो।

र्यालीमा उद्योगी व्यवसायी, पर्यटन व्यवसायीलगाएत सर्व साधारणको सहभागिता रहेको थियो।

DSCF3576DSCF3546DSCF3544

 

भिडियो हेर्नुहोस्।