भिटोफद्धारा सम्बिधानको स्वागतमा दिप प्रज्ज्वलन


कृष्ण रानाभाट
पोखरा/
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ पोखरा)ले पोखराको लेकसाईड खहरेमा असोज ३ गते साँझ नेपालको सम्विधान २०७२ जारी भएको घोषणा भए लगतै स्वागत तथा दिपप्रज्वलन कार्यक्रम गरेको छ।

दिप प्रज्ज्वलन गर्दै संस्थाको अध्यक्ष तारानाथ पहारीले सबै नेपाली जनताको सम्बिधान आएकोले हृदयदेखि नै स्वागत गर्नुपर्ने वताए।त्यसै गरि महासचिव नवराज अधिकारीले सर्व साधारणले सम्बिधानको स्वागत गरिरहदाँ आफ्नो संस्थाका सम्पुर्ण सदस्यहरुको घरघरमा दिपावली गरेर नयाँ सम्बिधानको स्वागत गरेको वताए।

संस्थाले लेकसाईड खहरे चोकमा सात प्रदेश सहितको संघिय नेपालको नक्सा र चन्द्र सुर्य अंकित झण्डा वनाएर दिप प्रज्वलन गरेको थियो।

vitof news photo 2