एनआरएन महासचिब पदमा अष्ट्रेलियाबाट रञ्जु थापाको उम्मेद्वारी घोषणा


स्पेन/ गैर आबासीय नेपाली संघको केन्द्रिय महासचिब पदमा अष्ट्रेलियाबाट रन्जु थापाले उम्मेद्वारी घोषणा गरेकी छिन्। बर्तमान कार्यसमितिमा सचिबमा रहेर काम गरिरहेकी थापाले महासचिबमा उम्मेद्वारी घोषणा गरेकी हुन्। आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौमा हुने गैर आवासीय नेपाली संघको सातौ अधिबेशन नजिकिदै गर्दा प्रबासबाट उम्मेद्वारी घोषणा गर्ने बढिरहेको छ।

पत्रकार सम्मेलन मार्फत आफ्नो उम्मेद्वारी घोषणा गर्दै भनिन्, “खाडी मुलुकमा श्रम गर्ने हाम्रा दिदीबहिनी तथा दाजुभाईहरुको समस्यालाई मध्यनजर गर्दै नेपाल सरकार र सम्बन्धीत मुलुकका अधिकारीसँग समन्वय गरी उहॉहरुको हितमा कल्याणकारी कोष र कामदारहरुको समस्याको उचित पहिचान गरी समाधान तर्फ पहलीकदम गर्ने मेरो मुलभूत एजेन्डा रहेनछ। ”

उनले महिलाको मौलिक, सामाजिक र राजनीतिक हक र अधिकार को लागि ग्लोबल महिला संयोजकसँग मिलेर बिभिन्न प्रोजेक्टको अबधारणाहरु अगाडि सार्न मद्द्त पुर्याउँने भन्दै,नेपाल सरकारसँग संघबाट नै समन्वय गरेर समस्या समाधान तर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

विगत दुई दशकदेखि अष्ट्रेलियामा रही बिभिन्न सामाजिक र परोपकारी काममा सक्रिय रहेकी थापाले यस अघि एनआरएन अस्ट्रेलियाको उपाध्यक्ष, आइसीसी महिला उपसंयोजक, संयोजक हुँदै हाल केन्द्रिय सचिब पदमा रही जिम्मेबारी निर्बाह गरिरहेकी छिन्।

यस्तै महासचिबमा उम्मेद्वारी घोषणा गर्दै पत्रकार सम्मेलन मार्फत थापाले ओपेन युनिभर्सिटी लगायत गैर आवासीय नेपाली संघले शुरु गरेको सम्पूर्ण स्किल बेस्ड फोरेन एम्प्लोय्मेन्ट राहत कोष र अन्य प्रोजेक्टहरुलाई निरन्तरता दिनेमा जोड दिईन्।

सम्पूर्ण अन्तरराष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुसँग मिलेर आईसीसी अध्यक्ष,उपाध्यक्षहरुले अगाडि सारेको एजेन्डाहरुलाई सफल पार्न पछाडि नहट्ने उनको प्रतिबद्दता रहेको छ। उनले एनआरएनको केन्द्रिय नेतृत्वमा महिलाहरु पनि आउँनु पर्ने भन्दै आँफुलाई समर्थन गर्न संसारभरका गैर आबसीयहरुलाई अनुरोध गरेकी छिन्।