कुमार पन्त द्वारा एनआरएन उपाध्यक्षमा उम्मेदवारी घोषणा


जर्मनी । युरोपका चर्चित युवा व्यवसायीको रुपमा डायस्पोरामा परिचित तथा समाजसेवी कुमार पन्तले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पन्तले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । पन्त संघका वर्तमान महासचिव हुन् ।

लामो समय संघको अभियानमा आवद्ध पन्त स्थानीय संयोजक, अन्तर्राष्ट्रिय परिषद सदस्य, युरोप संयोजक हुँदै महासचिव जस्तो महत्वपूर्ण पदमा पुगेका हुन् ।
उम्मेद्वारी घोषणापछि पन्तले गैरआवासीय नेपालीहरुको भूमिका अझ फराकिलो भएको हुनाले देशप्रति आफ्नो जिम्मेवारी बढेको बताए ।

‘निरन्तरको दवाव र छलफलका कारण नेपालको संबिधान २०७२ मा एनआरएनहरुका लागि गैरआवासीय नगरिकता समावेश हुनु आफैमा गर्वको कुरा हो’, उनले भने, ‘हामीलाई विश्वास गर्ने नेपाली जनता, राजनीतिक दल र यो अभियानमा साथ दिने सम्पूर्ण गैरआवासीय नेपाली साथीभाइहरु धन्यबादका पात्र हुन ।’ उनले नयाँँ संबिधानले नेपालमा लगानी गर्ने मार्ग अझ फराकिलो भएको बताए ।

आफूले बोलीमा नभई स्वदेशका लागि काम गरेर देखाउन आतुर रहेको पन्तले जनाए । पन्तले आफ्नो उम्मेदवारी पदको लागि मात्र नभएर भूकम्पले तहसनहस पारेको आफ्नो राष्ट्रको पुनर्निर्माण गर्ने अभियान रहेको पनि बताए ।

केहीअघि मात्रै स्वदेशमा भूकम्पले आहत हुँदा राहत र सहयोग जुटाउन पनि उनी अत्यन्त सक्रिय रहेका थिए । विश्वका ७१ देशमा फैलिएको एनआरएनलाई आजको अवस्थामा ल्याउने धेरै अभियन्ता मध्ये पछिल्लो समय पन्तको सक्रिय भूमिका पनि महत्वपूर्ण रहेको छ ।

अध्ययनको शिलशिलामा जर्मन आएका पन्तले सन २००७ देखि होटेल ब्यवसाय शुुरु गरेका हुन् । आगामी अक्टोबरमा काठमाडौमा एनआरएनको सातौं अन्तर्राष्ट्रिय विश्व सम्मेलन हुँदैछ ।

पन्तद्धारा जारी बक्तब्यको पूर्णपाठ
आदरणीय मीत्र हरु,
सादर नमस्कार
,
‘नेपालीका लागि नेपाली’ भन्ने नारासहित १२ वर्षअघि स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ७० देशमा आफ्नो संस्थागत उपस्थिति देखाइरहँदा विश्वभरका नेपालीहरुको साझा संस्थाको रुपमा एउटा उचाइ रहैसियत हासिल गर्न सफल भएको छ । यो हामी सबैका लागि गौरवको विषय हो ।

उच्च शिक्षा, व्यावसायिक सम्भावना र रोजगारीको खोजीमा हामी प्रवासिन पुग्यौँ । र, विश्वभर छरिएर रहेका छौँ । तर, जहाँ बसेर कर्म गरिरहे पनि हाम्रो मन नेपाली नै छ, जुन सँधै नै भइरहनेछ । त्यसैले जन्मथलोप्रतिको आफ्नोदायित्व सम्झेर लगानीको माध्यमबाट वा परोपकारी भावनाले अनुभव र सीप भित्र्याउन संस्थागत प्रयास थालिएको छ । विभिन्न क्षेत्रमा लगानी गर्ने क्रम बढेको छ ।

यसले हाम्रो संगठित अभियानको महत्व र गरिमालाई पनिस्थापित गरेको छ । गएको विनाशकारी भूकम्पपछिको पीडामा मलम लगाउने क्रममा हाम्रो सक्रियता र पहलकदमीले विदेशमा रहेका नेपालीहरु साँच्चै स्वदेशको दुःखमा साथी बन्न सक्छन् भन्ने छाप छोडेको छ ।

परिणामतः नेपाल सरकार र नेपाली समाजले सम्पूर्ण गैरआवासीय नेपालीलाई उच्च सम्मान गर्दै देशको मुहार फेर्ने समूहको रुपमा विश्वास गर्न थालेको छ । अर्थात्, राष्ट्रको विकास र समुन्नतिको एक भरपर्दो साझेदारको रूपमासंघलाई लिने दृष्टिकोणको विकास भएको छ । संसारका विभिन्न देशमा बसोवास गरिरहेका करिब ५० लाख नेपालीको एकता र उनीहरुले देखाएको समर्पणबाट नै यो सम्भव भएको हो भन्नेमा दुई मत छैन ।

संगठनको नेतृत्वको हिसाबले हामी गैरआवासीय नेपालीहरू क्रमशः पहिलो पुस्ताबाट दोस्रोमा प्रवेश गर्दैछौँ । कडा मिहिनेतले नै हो पहिलो पुस्ताका अग्रज एनआरएनहरुले विश्वभर आआफ्नो क्षेत्रमा गर्विलो इतिहासबनाइसक्नुभएको छ । एक्लाएक्लै प्रयत्नले पहिलो पुस्ता यत्तिको सफल भयो ।

अब सफल हुने नेपालीको संख्या बढ्दै छ । हाम्रो संगठित प्रयासले यो दरलाई अझ तीब्रतर बनाउँदै छ । र, यो सफलताको सकारात्मक पक्षको उपयोगराष्ट्रिय हितमा गर्नुपर्छ भन्ने बोध लगभग समस्त एनआरएनलाई भएको छ । मातृभूमिप्रतिको लगावलाई थप प्रगाढ बनाएर मुलुकको रूपान्तरणमा अझ सक्रिय र संगठित हुनैपर्छ भन्ने धेरैले मनन गरेका छौँ । यसलाई एउटासंस्कृतिको रूपमा स्थापित गर्ने दायित्व अब हामी माथि आएको छ ।

एक युवा व्यवसायीको हैसियतले देखेको र अनुभव गरेको आधारमा भन्नुपर्दा ज्ञान, सीप र पुँजीयुक्त, सचेत र संगठित गैरआवासीय नेपालीको सहभागितामा स्वदेशको समुन्नति सम्भव छ । यत्ति हो, नेपाल सरकारको गति रउसको नीति अनुकूल हुनुपर्ला ।

सफलतातर्फ लम्किएका सम्पूर्ण गैरआवासीय नेपालीलाई अलिकति पनि विचलित नहुने अवस्था सिर्जना गरेर लक्ष्यमा पुग्ने वातावरण बनाउनुपर्ला । त्यसका लागि फरकफरक क्षेत्रमा आफ्नोपहिचान बनाएका, प्रतिभा देखाएका र योग्यता प्रमाणित गरेका युवाले अग्रसरता लिनुपर्छ ।

यसो भनिरहँदा आफैले पनि के कति योगदान गर्न सकियो भन्ने सवाल जोडिन पुग्छ । आफ््नै हकमा भन्नुपर्दा, स्थापनाकालदेखि नै एनआरएनएका विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै आएको छु । संस्थाले सुम्पेका हरेकजिम्मेवारी कुनै संकोच नमानी निर्वाह गरेको छु ।

स्थानीयदेखि केन्द्रीय तहसम्म, व्यक्तिगतदेखि सामूहिक प्रयाससम्ममा अविचलित रुपमा खटेको छु । विद्यालय, पुस्तकालय, बाटोघाटो, पुल, सरसफाइ, खानेपानी, स्वास्थ्यसेवाजस्ता क्षेत्रमा गरिएका परोपकारी प्रयास होऊन् वा जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा लगानीका माध्यमबाट, समुन्नत राष्ट्र निर्माणको अभियानमा यथोचित सहभागिता जनाएको छु ।

यिनै मूल्य, मान्यता र दायित्वबोधका साथ पछिल्लो दुई वर्ष संघको महासचिवजस्तो जिम्मेवार पदमा रहेर भूमिका निर्वाह गर्ने मौका पाएँ । आज आफूलाई थप जिम्मेवार र अनुभवी एनआरएनको रुपमा पाएको छु । यहाँलेखेल्नुभएको भूमिका र विश्वासले नै यो सम्भव भएको हो भन्न मलाई कुनै संकोच छैन ।

अग्रजहरूको व्यक्तित्व, समर्पणभाव, मैत्रीभाव र कार्यक्षमताबाट प्राप्त सिकाइ हो भन्नुमा मलाई गौरवबोध हुन्छ । अझै भन्छु, तपाईँजस्ताकर्मठ एनआरएनले सधैँ देखाउनुभएको सद्भाव र सहकार्यले नै सम्भव भएको हो । त्यसैले दुई वर्षमा मैले जे जति गर्न सफल भएँ, यसको सम्पूर्ण जस तपाईँहरुलाई नै जान्छ । हो, कतिपय कमीकमजोरी पनि भएका हुन सक्छन् ।

गर्नैपर्ने कतिपय काम हुन सकेनन् । त्यसको दोष म अरुलाई दिन चाहन्न, सम्पूर्ण रुपमा म आफैँ लिन्छु । जति गर्न सकें, त्यसमा मेरो संघप्रतिको प्रतिबद्धता, इमानदारिता र मातृभूमिप्रतिको दायित्वबोधको पूरापूर हिस्सा छभन्नेचाहिँ यहाँलाई विश्वास दिलाउन चाहन्छु ।

केन्द्रीय स्तरमा बसेर विश्वभरका मित्रहरुको बीचमा काम गरिरहँदा उत्साह त थपिएकै थियो, सँगसै केही डर पनि पक्कै थियो । विश्वभरका साथीहरुबाट प्राप्त विश्वासलाई सम्मान गर्दै छोटो अवधिमा कसरी यहाँहरुका अपेक्षा र मेराप्रतिबद्धता साकार पार्ने होला भन्ने मेरो मूल चिन्ता थियो । तर, ती सबै कुरा सहज रुपमा सम्पन्न गर्न सकियो र तपाईँहरुकै सहयोग र खबरदारी मेरो सफलताको कारण बन्यो ।

महासचिवजस्तो जिम्मेवार पदमा मलाई विश्वासगरेर आफूलाई परिपक्व बनाउन तपाईँले जुन भूमिका खेल्नुभयो, त्यसलाई मैले कम आँक्न सक्दिनँ । र, भोलिका दिनमा मैले यसैलाई निरन्तरता दिने वा के गर्ने भन्ने बारेमा पनि पहिलो सुझाव तपार्इँबाटै लिन चाहेँ ।

महासचिवको रुपमा निर्वाह गरेको जिम्मेवारीले मलाई थप अनुभवि र जिम्मेवारी बोध गराएको छ । जसले गर्दा संगठनको आगामि अधिबेशनबाट उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्न सक्षम छु भन्ने ठानी उपाध्यक्ष पदमाउपमेद्वारी दिने सोच बनाएको छु । पहिला जस्तै यस पटक पनि मेरो उमेद्वारीको लागि यहाँको सल्लाह र सुझाव नै पहिलो आधार बन्ने छ।

यहाँको उचित सुझाव र सल्लाहको अपेक्षा सहित
धन्यवाद ।
कुमार पन्त
महासचिव
गैरआवासीय नेपाली संघ