नेपाली कलाकार समुह यूएईको समिक्षात्मक बैठक सम्पन्न


मान बहादुर के.शी. ‘मुस्कान’ / यूएई,

नेपाली कलाकार समुह यूएईले ‘तीज उत्सब’ सांस्कृतिक कार्यक्रमको समिक्षात्मक बैठक यहि सेप्टेम्बर १८ शुक्रबारका दिन फुजैराहको नेपाली पार्कमा सम्पन्न गरेको छ ।

समाज सेवी रतन थापाको आयोजकत्वमा फुजैराहमा ११ सेप्टेम्बर भब्यताका साथ सम्पन्न भएको ‘तीज उत्सब’ सांस्कृतिक कार्यक्रमको समिक्षात्मक बैठक नेपाली कलाकार समुह यूएईका अध्यक्ष बिष्णु अधिकारीको अध्यक्ष्तामा सम्मन भएको थियो, बैठकमा एनआरएन फुजैराह क्षेत्रीय समितीका अध्यक्ष कृष्ण गिरी लगायात नेपाली कलाकार समुहका पदाधिकारीहरु र एनआरएन फुजैराह क्षेत्रीय समितिका पदाधिकारीहरुका साथै कलाकार, साहित्यकार, तथा विभिन्न संघ संस्थाबाट प्रतिनिधित्व गरेर आउनु भएका समाज सेवी र बुद्धिजीविहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।

बैठकमा बोल्दै नेपाली कलाकार समुहका अध्यक्ष बिष्णु अधिकारीले फुजैराहमा आउँदा दिनमा पनि कार्यक्रमहरु अझै ब्यबस्थित र पृथक ढङ्गबाट यसरी नै सफल पार्नु पर्ने र दु:ख आई परेका दाजुभाई तथा दिदीबहिनिहरुलाई सहयोग गर्नु फुजैराह स्थित सम्पूर्ण नेपालीहरु एक ढिक्का भएर अघाडी बढ्दै आ-आफ्नो ठाउँबाट सकिदो सहयोग गर्नु पर्ने भन्ने जिज्ञासा राखेका थिए ।

एनआरएन फुजैराह क्षेत्रीय समितिका अध्यक्ष कृष्ण गिरिले कुनै पनि काम गर्दा सानातिना कमिकमजोरी हुन्छन् ति कमिकमजोरीहरुबाट हामीले ज्ञान लिदै आउने दिनहरुमा त्यस्ता कमिकमजोरीहरुलाई दोहोर्याउनु नहुने र जाती धर्म जे भए पनि पूर्व मेची देखि पश्चिम महाकाली सम्म हामी नेपालीहरु सब एक हौ, हामीले फुटेर होईन जुटेर अघाडि बढ्नु पर्ने बिचार ब्यक्त गर्नु भएको थियो ।

त्यस्तै बैठकमा बोल्दै नेपाली कलाकार समुहका महासचिब तथा देउडा गायक मान बहादुर के.शी. ‘मुस्कान’ले नेपाली कला, साहित्य, संस्कृतिको संरक्षण, संवद्र्धन, प्रोत्साहन, गर्न र स्रष्टा, प्रतिभालाई नेपाली राष्ट्रिय कला र साहित्य जगतमा परिचित गराउनुका लागि नेपाली कलाकार समुह गठन गरिएको हुनाले सम्पूर्ण गीत संगीत, कलाप्रेमी नेपालीहरुलाई सो समुहमा जुड्नु अनुरोध गर्दै नेपाली कलाकार समुह छिट्टै विश्वभर फैलिने र यूएईमा पनि सबै प्रान्तहरुमा बिस्तार गरिने हुनाले सो अभियानमा सम्पूर्ण कलाकार, समाजसेवी, पत्रकार, बुद्धिजिबी, साहित्यकार तथा नेपाली संघ संस्थाहरुको साथ पाउनेछौ भन्ने जिज्ञासा ब्यक्त गर्नु भएको थियो ।

‘तीज उत्सब’ सांस्कृतिक कार्यक्रमको बारेमा बिशेष समिक्षा गरिएको बैठकमा उपस्थित सम्पुर्णले हर्ष र उल्लासका आ-आफ्नो बिचार राखेका थिए, भने बैठकमा कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने फुजैराहबाशी सम्पूर्ण नेपालीहरुलाई नेपाली कलाकार समुहले विषेश धन्यवाद ज्ञापन गरेको थियो ।

लगभग ३ घण्टा चलेको सो समिक्षात्मक बैठकको संचालन नेपाली कलाकार समुहका सचिब नेत्र सुनुवारले गरेका थिए ।