पर्यटन यातायात समितिको पदास्थापना सम्पन्न


कृष्ण रानाभाट/पोखरा,

पर्यटकहरुलाई पर्यटकीय स्थल तथा देशका विभिन्न स्थानहरुमा लाने ल्याउने पर्यटक गाडि संचालकहरुको एक मात्र संस्था पर्यटन यातायात समितिले नयाँ कार्य समिति निर्वाचित गरेको छ।

पर्यटन यातायात समिति पोखरा–६, लेकसाइडको शनिबार सम्पन्न आठांै अधिवेशनले बोबरजंग गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा रमेशबहादुर खत्री, महासचिवमा नवराज अधिकारी, सचिवमा दुर्गादत्त दाहाल, कोषाध्यक्षमा बाबुराम पाण्डे र सहकोषाध्यक्षमा प्रेमप्रसाद सुवेदी छन्।
यस्तै, सदस्यमा राजेश पहारी, गणेश सापकोटा, कलाधर बास्तोला, सरोज पौडेल, दीपेन्द्र ढकाल, सुरेश दाहाल, मित्रलाल वास्तोला र राजु दाहाल छन्।

कार्य समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका सदस्य सोमबहादुर थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।

नवनिर्वाचित अध्यक्ष बोबरजंग गुरुङले भावी कार्यक्रमहरुको वारेमा प्रतिवद्धता व्यक्त गर्दै जोमसोम, तिखे ढुङ्गालगाएतका स्थानहरुमा स्थानिय यातायात व्यवसायीहरुले गरेको सिन्डिकेट समस्यालाई सम्बन्धि निकायको पहलमा समाधान गर्न तुरुन्त पहल गर्ने, पर्यटन प्रवद्र्धनात्मक भ्रमणका कार्यक्रमहरु गर्ने तथा चालक सहचालकलाई आवश्यक तालिमहरु दिने वताए।

यसअघि शनिबार कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापाले व्यवसायिक हकहितका लागि एक हुन आग्रह गरेका थिए।
कार्यक्रममा संस्थाका महासचिव रमेशबहादुर खत्री र कोषाध्यक्ष बोबरजंग गुरुङले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा पर्यटन यातायात समितिका संस्थापक अध्यक्ष मदन शर्मा खनाल, पोखरा उद्योग वाणिज्य संघका सदस्य दामु अधिकारी, नाटाका अध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सचिव भानुभक्त बराल, महिला सशक्तीकरण नेपालका संस्थापक अध्यक्ष लक्की कार्की र महिला समन्वय समिति पोखराका उपाध्यक्ष लक्ष्मी खातीले बोलेका थिए।

पर्यटन यातायात समिति पोखराका अध्यक्ष मन्दरा ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव नवराज अधिकारीले स्वागत र महासचिव रमेशबहादुर खत्रीले सञ्चालन गरेका थिए।