झुटा ति पलहरु ….


रोजी लाबुङ (राई )

– रोजी लाबुड० ( राई )
सायद उनी सोच्दछीन् होला म खुसी अनि ईच्छा बमोजीम उनी सँग हरहमेशा छुट्टी रहन्छु उनलाई चट्टक छोडी दुरदुर गै रहन्छु । तर बास्तबमा भन्नु पर्दा त्यसमा कहाँ सत्यता छ र ! सत्यता छैन र पनि उनको सामु म सदैव उनलाई म राजी खुसीले मेरो रहरले नै उनीबाट टाढीन खोजेको आभाष दिलाउने किसीमको ब्यबहार हरुले हरहमेशा उनलाई सताई रहन्छु पिरोली रहन्छु । म पनि एउटा संवेदना भएको मान्छे हुँ म पनि माया र चाहानालाई आत्मासाथ गरेर जिवन यापन गर्न चाहाने समाजिक प्राणी हुँ ।

म मा पनि धेरै आशा ईच्छाहरु छ ।मेरो अन्तर हृदय सदैव तड्पी रहेको हुन्छ उनी सँगको बिछोडीएको पलमा मेरो मन सँधै सँधै रोई रहेको हुन्छ तड्पी रहेको हुन्छ तर पनि बाध्यता वस म उनको सामु कहिले नम्र मलिन हुन चहान्न सदैब उनको सामु म रुष्ट अनि कठोर बनी उनलाई सताई रहेको हुन्छु म उनको हरेक कुराहरु बुझिरहेको हुन्छु उनको हरेक अनावश्यकताहरु पुरा गर्ने मेरो चाहाना हुन्छ ।

उनको आँखामा नजानीदो पारामा आँशुको थोपाहरु अलकान्टरमा टिलपिल गर्दै बहने ठाँऊ खोजीरहेको महसूस गर्दछु उनको हृदय छिया छिया भएर टुक्क्रिएको आभाष पाउछु उनको मुस्कानमा हरदम देखावटी हाँसोको जर्रजीरता पाउछु उनको हरेक बोलीहरुमा भयानक डरत्रास को अनुभूति पाउछु उनको हरेक ब्यबहारमा केवल बिवसताले घेरीएको अराजकता मुच्छीएको ज़बर्दस्ती कसैको करकापमा उनी कसैको गुलाम बनेर कसैको दासी बनेर जिवन यापन गरीरहेकी छिन् । बिचरी त्यति धेरै उजाड उदास नबनुन पनि कसरी ? स्वयम् म उनको जिवन साथी रे उनको पतिदेव रे उनको स्वर्बस्व रे यो सबै थाहा हुँदाहुँदै पनि।

नत मैले उनलाई कहिले मेरो उनि प्रतिको माया चाहानालाई प्रकट गरेको छु न कहिलै उनलाई म सँग कतै रमणीय ठाँऊहरु मा घुमाएको छु नत कुनै दिन उनलाई साथ लगेर कुनै मनोरन्जन प्राप्त हुने स्थानमा लागेको छु नत कुनै दिन हाँसी खुसी बनेर उनलाई मैले समय नै दिएको छु ।।।तर पनि उनी कति नम्र छिन कति मलीन भएर म संग बोल्दछिन मैले जति गालीबचनहरु बर्षाएता पनि कति सहनशील भएर आफ्नो कर्तव्य पुरा गरीरहेकी हुन्छीन् उनी दयालु अनि मायालु छिन् ।

उनमा केहि कुराको कमी छैन रुप रंग भनौं या बानीब्यबहोरा भनौं या त उनको शारीरिक बनौट केहिमा खोट लगाउने ठाँउ छैन उनको संपुर्ण ब्यबहार बाट नै आकृष्ट भएर नै मैले उनलाई रोजेको थिए र अझै पनि लाग्छ उनी हजारौ मा एक छिन् म उनी संग पुर्णरुप मा खुसीछु आनन्दीत छु सन्तुष्टि छु तर अफसोच मैले उनलाई कहिलै खुसी दिन सकिरहेको छैन केवल मैले उनलाई हरेक साधानहरुले हरेक उनको आवश्यकताहरु चाहि पुर्ण रुपमा भरपुर बनाएर कसैको नजर मा कोहि भन्दा कमी बनाएर राखेको छैन ।

म उनलाई अझै पनि कति धेरै चाहान्छु कति धेरै माया गर्दछु उनलाई केही भौतीक साधानको अभाव हुन दिने छैन कसै भन्दा कमी भएर उनले हिड्न नपरोस् उनको ईच्छा अनि चहानालाई उनले दबाउन नपरोस् कसै सँग उनले उनको आवश्यक कुराहरु हात फैलाएर माग्न नपरोस् सदैव मेरो सोच बिचार यसैमा केन्द्रीत हुने गर्दथ्यो कसरी उनलाई संपुर्ण कुराहरु बाट भरपुर बनाऔं । यहि कुराहरु मा म तल्लीन रहें तल्लीन रहें सिर्फ भौतिक आवश्यकताको रफ़्तारमा ………

मैले उनको मानसिक बिचारलाई आत्मीकी भावनालाई कुनै प्राथमिकता दिन उचीत ठानीन म भित्र भएको उनी प्रतिको माया चाहनाहरु लाई कहिले पनि उनको सामु प्रकट गरीन सदैब उनलाई भौतीक साधानहरुले मात्र खुसी दिलाउने अठोट लिएर अगाडी बढ़े ।।। जब म कामको शिलसीलामा उनी बाट छुटेर अन्तै कतै जान लाग्थें तब उनी मेरो बिदाई गर्न लाई गहभरी भरी आँशु लिएर ठिड०ग उभिरहन्थीन जब म मेरो कार स्टार्ट गर्दथें उनको हात बिस्तारै उठाँउदै हल्लाएर बिदाईको संकेत गर्दथीन् उनलाई जति साह्रो परेको हुन्थ्यो त्यो भन्दा कयौं गुणा मलाई पनि गाह्रो भैरहेको हुन्थो।

मेरो आँशुले आँखा भरीएर ड्राईभ गर्न पनि कठिन हुने गर्दथ्यो उनी आँखाले भ्याए सम्म हेरीरहन्थीन जब उनीबाट म छल्लीन्थें तब केहि क्षण कार रोकेर म मेरो हृदय भित्र लुकेको उनी संग प्रकट गर्न नसकेको मायाको आभाषहरु म भित्र लुकेको बाध्यताको पर्खालहरु लाई मन मनै दबाउदै मेरा निर्दोष आँशुका थोपाहरु पुच्छदै आफ्नो रफ़्तार अगाडी बढाउन बाध्य हुन्थिए ।

कहिले एक महिना पछि कहिले दुई चार महिना पछि हामी दुईको भेट हुने गर्दथ्यो जब म हत्तारींदै घर पुग्दथिए उनी देखावटी भएता पनि हँसीलो मुहार बनाई मुसुक्क हाँसेर मेरो उपस्थित को स्वागत गर्दथीन् तर म पुरै गली सकेको थाकी सकेको हुने गर्दथें तसर्थ प्रति उत्तरमा कहिलै चाहेर पनि म उनलाई मुस्कान फर्काउन सक्दीन थिए ।

म हमेशा उनी संग बस्न चहान्थे उनी संग रम्नरमाउन चहान्थे तर के गर्ने यदि म उनी सँगै रमाएर बसे भने उनको लागी चाहीने आवश्यकताहरु पुर्ण गर्न सक्दीन थिएँ । बचपन देखी उनी धेरै शौखीन थिईन उनको घरपरीबारले उनलाई हरेक कुरामा भरपुर बनाएर राखेको थिए कुनै कुराको अभाव उनले महसूस गरेको थिईनन् मैले पनि उनलाई सोहि अनुरूप राख्नलाई मैले धेरै मेहनत गर्नु पर्दथ्यो ।बिबाह अगाडी मैले एक चोटी उनलाई सोधेको थिएँ तिमीलाई कस्तो घर परीबार मन पर्दछ ?

त्यो बेला उनले मलीन स्वरमा भनेकी थिईन मेलमिलाप भएको सान्त परीबार अनि घर जस्तो भए पनि हुन्छ पानी पर्दा पानी छेकने अनि घाम लाग्दा घाम छल्ने हुरीबतास आउदा लुक्न मिल्ने तर वरीपरी फुलै फ़ुल भएको बिचमा घर भएको मन पर्दछ भनेर अनि मैले उनले भनेको शब्दहरु मनन गरीरहें जसरी हुन्छ म उनलाई फुलै फ़ुल भएको फुलवारी को बिचमा सानों सुन्दर घर बनाएर राख्ने छु परीबारीक मेलमिलाप र सान्तबाताबरण मा राख्ने तिर मैले सोचीन त्यो नै मेरो ठुलो भुल थियो ।

त्यो दिन म तीन महिना पछि घर आएको थिएँ मेरो मेनेजर संग पन्ध्र दिनको बिदा लिएर अनि बाटो मा सोच्दै आए अब त रृिण पनि लगभग चुक्ता हुन लाग्यो घर पनि फुलै फुलको बिचमा बनाई दि सकें संमपुर्ण कुराले भरपुर भयौं उनलाई उनको कुनै साथीहरु भन्दा मैले कमी बनाएर राखेको छैन अब त म पनि काममा धेरै घोटीन परदैन अब गएर उनी प्रतिको सबै मेरो माया चाहानाहरु उनी संग ब्यक्त गर्दछु घर पुग्न साथ च्याप्प समातेर अंगालोमा बाध्छु अनि उनलाई यस्तो आभाष दिन्छु कि संसारमा मैले जस्तो माया गर्ने अरु कसैको श्रीमान् छैन भन्ने उनलाई प्रमाणीत गरेर देखाउने छु ।

जती पनि यो भन्दा अगाडी उनी प्रतिको मेरो ब्यबहारहरु थियो सबै मैले उनलाई सबै भौतीक कुराहरु बाट परीपुर्ण बनाउनको लागी मैले नचाहेर पनि बाहिरी देखावटी क्रुर ब्यबहार हरु उनी समक्ष प्रस्तुत गर्ने गर्दथिए म संगको बिछोडमा नै बरु तिमीलाई खुसी मिलोस् पिडा नमिलोस् भन्नाको ख़ातिर तिमी प्रति म रुखो ब्यबहार गरेको जस्तो गर्ने गर्दथिए जब तिम्रो चेहरा मा उदासता देख्दथिए तब म अन्तर हृदय देखि भक्कानिएर रुदथें जब तिम्रो मनमा खिन्नता छाएको आभाष पाउथिए मेरो मनमा आगोको ज्वला दन्कीरहेको झै पिडाले ज्वलनले छट्पटी रहन्थ्ये तर के गर्ने म मा अरु कुनै बिकल्प थिएन तिमीलाई मैले छोडेर जानै पर्ने बाध्यता म मा थियो ।

यो सबै म आज उनलाई भन्छु उनलाई। मेरो उनी प्रति को चोखो माया र चाहान हरु को बारेमा बयान गर्दछु यस्तै अनेकौं रमाईलो कुराहरु सोच्दै मन भरीभरी खुसीनै खुसीको बहार भर्दै कत्ति छिटो समय पनि बितेछ पत्तो नै भएन मेरो कारमा जडान गरेको टमटमले पो एराईभ युअर डेष्टीनेशन अन लेफ्ट भन्दा पो म झसंग भएँ । अनि कार पार्क गरेर घरमा घन्टी बजाए सँधै पहिलो घन्टीमा उनले ढोका खोल्ने गर्दथिईन यो पाली बल्ल बल्ल चार चोटी घन्टी बजाए पछि मात्र उनले ढोका खोलीन् उनले टाउकोमा स्काप बाँधेको थिईन्।

उनको अनुहार पुरै रातो थियो खुन नै चुहिन लागे झै उनलाई देख्दा म आत्तीए के भयो ? तिमीलाई सानु ………..उनी केही नभनी रुन थालीन मलाई उनको रुबाईले असहाय घायल बनायो के भयो ? भनन भने केहि नभनी उनी ढलीन अनि मैले हत्तारींदै एम्बुलेन्स लाई फ़ोन गरेर बोलाएँ अनि हस्पीटल मा एम्बुलेन्स लाई फलो गर्दै गएँ कारण बिदेश तिर बिरामी सँग डक्टर बाहेक अरु कोहि बस्न पाउदैन एम्बुलेन्स मा जब हस्पीटल मा उनलाई आकष्मीक कक्षमा पुराईयो अनि केहि घन्टा पछि डक्टर ले बिरामी को आफन्त खोज्यो।

म ढोकामा नै बसी रहेको थिएँ म हुँ भन्दै आत्तीदै म जरुक्क उठें अनि डक्टर ले भन्यो उनले रेगुलर खानु पर्ने औषधी पनि एक महिना भएछ खान छोडेको अनि ज्वरो असाध्यै बढेको रहेछ निमोनिया भै सकेछ अझै होस् आएको छैन केहि दिन हष्पीटल मैं राख्नु पर्दछ भन्यो । हरदिन खानु पर्ने दबाई भन्दा म झस्कीए मलाई उनले कहिलै भनेकी थिईनन् औषधी खान्छु भनेर बिरामी छु भनेर फेरी उनले भनुन पनि कसरी मैले कहिलै सोधीन तिमीलाई सन्च बिसन्चो कस्तो छ भनेर।

एक छिन त म अक्क न बक्क परें अनि डक्टर संग सोधें कुन औषधी अनि त्यो के को लागी हो र ? डक्टर ले प्रति उत्तरमा भन्यो एमीट्रिप्टीलीन डिप्प्रेशन को लागी यो सुन्न साथ मेरो खुट्टा जमीनमा भासिएको आभाष भयो मेरो वरीपरी पश्चतापको ज्वाला दन्कीरहेको महसूस भयो मेरो कारण ले उनी दुई बर्ष देखी मानसिक रोगी भएको रहेछिन् मलाई पत्तो नै भएन केवल म उनको भौतिक सुखको लागी मात्र तल्लीन रहें भौतिक सुख सायल बाट उनलाई सुख मिल्ने खुसी मिल्ने गलत सोचाई लिएर अगाडी बढ़ें सिर्फ भौतिक बिलाशीताका साधान को लागी मात्र म तल्लीन रहें।

जब भौतिक साधानले म भरपुर भए तब मेरो उनीको यस्तो नरकीय जिबन रहेछ मैले गल्ती गरेछु भन्ने थाहा पाए अब त म हमेशा उनी सँगै बस्दछु सारा जिवनको खुसी दिन्छु जब उनी होसमा आउछिन तब म उनी संग माफी माग्दछु अाशा छ अवश्य पनि उनले मलाई बुझ्ने छिन मलाई माफी दिने छिन् तर माफ पनि कसरी मागौं होला उनी संग माफ माग्ने योग्य को पनि छैन म कारण उनको सबै मन मैले तोडी दिएको छु टुक्रा टुक्रा पारी दिएको छु उनको म प्रतिको सोच्ने मानसिकता छिया छिया परेको छ ऊफऊफ ……!
अब के गर्ने होला के भन्ने होला ? एकाएक मन मा अनेकौं कुराहरु तँछाड मछाँड गर्दै सलबलाउन थाले आफुले आफैलाई संझाउन सम्माल्न कठीन भयो कारण म बाट उनको सबै ईच्छा चाहानाहरु जली सकेको थियो मैले गलत सोचाईमा गलत निर्णय लिएर उनको म प्रतिको संपुर्ण आशा ईच्छाहरु लाई हुर्कन बढन नदिई ओझेलमा राखेर ओईलाई दिएको छु समयमा मैले मलजल गरीन समयमा मैले गोडमेल गरीन सिर्फ रोपेर एउटा बन्द कोठा मात्र सिमीत बनाएर राखें ।

त्यसको प्रति फल आज म भोग्दैछु मैले भन्दा धेरै मेरो सानुले भोगीरहेकी छन् मेरो अनावश्यक सोचाई बिचार र निर्णयको कारण । आज त उनी लाई हष्पीटलमा राखेको पनि ५ दिन भैसक्यो तर उनमा केहि सुधार आएको छैन अव मेरो सबै जिवन बर्बाद हुने भयो के गरौं हे भगवान ।

म अनेकौं कुराहरु संग तर्क बितर्क गर्दै बसी रहेको थिए अाफसे आफ पश्चतापको आगोमा जल्दै अनि डक्टरले मलाई बोलायो सानु ले आँखा खोलीन् को हो राज ! राज राज भन्दैछिन् भनेर अनि म हत्तारींदै उनी भएको कोठामा गए उनी एक अबोध बालक झै राज ……राज भन्दै चिच्याई रहेको थिईन् अनि म उनको सामु सानु म यहाँ छु भन्दै नजीक गएर सुमसुमाए तर उनले केहि प्रतिक्रिया दिईनन् मलाई खासै वास्ता पनि गरीनन्।

एक सुरले राज राज मात्र भन्दै बर्बराई रहिन त्यस पछि डक्टर ले मलाई एक छेऊमा बोलायो र भन्यो सानु ले मानसिक सन्तुलन गुमाई सकेकी छिन् ……..जब डक्टर को मुखबाट यस्तो कुरा सुने अनि फेरी फर्कीएर सानुलाई हेरे डक्टरले भने बमोजीम नै मेरो कुनै वास्ता नगरी उनी राज राज मात्र भनी रहेकी थिईन म उनकै सामीपमा थिए म उनकै हात समाती रहेको थिएँ तर उनले मलाई कुनै प्रतिक्रिया दिईरहेकी थिईनन् म कोहो ?

त्यो उनलाई थाहा थिएन म नै उनको राज हो भन्ने उनले बिर्सी सकेको थिईन् नबिर्सुन पनि कसरी मैले उनलाई उनको भावनालाई चाहानालाई कहिलै नजीक बाट बुझ्ने कोशिष गरीन मात्र दौलत र भौतीक कुराबाट मात्र उनलाई खुसी दिलाउने मनसाय लिएर सदैब गल्ती सोचबिचार लाई प्राथमिकता दिंदै उनीबाट अलग रहें।

उनी प्रति को मेरो माया र चहानालाई लुकाऊदै छुपाउदै कठोर आत्मा र क्रुर ब्यबहार को नाटक गर्दै भौतिक सुख सुविधा ले भरीपुर्ण बनाउने लक्ष्य उद्देश्य बोकी म उनीबाट टाढी रहें टाढी रहें ……।जब म मा सबै कुरा को भरपुर भयो जसको लागी खुसी दिने सुख दिने उद्देश्य बोकी म आफुमा भएको ईच्छाहरु चाहानाहरु मारेर देखावटी घृणितपन उनको सामु नचाहेर भए पनि ब्यबहारमा दर्शाउदै अडिक भएर भौतिक सुख चैनको लागी भौतारी रहें तर पनि म कुनै नराम्रो अनैतिक कुलतमा त लागेको थिईन फसेको थिईन । चाहे जे सुकै होस् म राम्रो नै पक्षलाई अंगालेर मेरो पसीना बगाएर उनलाई सुख खुसी दिने मेरो चाहाना भएता पनि म चुके।

म उनको चाहानाको उनको खुसीको हत्यारा बने म ।मैले उनको भावना बुझ्न नसक्नु मेरो कमज़ोरी हो उनी धन दौलत को भौतीक सुख सुविधा हैन मेरो साथ मेरो माया चाहान्थीन् भन्ने मैले बुझ्न सकिन ।बचपन देखि उनको लबाई खुवाई हिडाई चलाई बेग्लै थियो उनलाई उनको घरपरीबारले बचपन बाट नै हरेक कुराको भरपूरता दिएर राखेको थिए मैले पनि सोहि अनुरूप उनलाई राख्नको लागी कोशिष गरेको थिए तर यो सब मेरो सानुको लागी ब्यर्थै भयो मेरो सोचाई गलत साबित भयो ।

जब मैले उनको सबै चाहाना भावना बुझे तर ढिला भै सकेको थियो कारण उनले मेरो कारण आफ्नो मानशीकता गुमाई सकेकी थिईन चाहेर पनि म उनलाई नत खुसी दिन सक्थिए नत सुख नत म भित्र गुम्सीएको उनी प्रतिको मेरो माया मेरो चाहाना मेरो त्याग म उनलाई केहि पनि बताउन अवगत गराउन सक्दीन कारण यो सब उनको अगाडी प्रमाणीत गरेर देखाउने समय बिती सकेको थियो समयमा नै उनको बास्तवीकता नबुझ्नु नै मेरो लागी अभिसाप भयो।

अब म जति पश्चताए पनि जतिनै ग्लालीन भए पनि अब उनको लागी मैले भन्न सक्ने गर्न सक्ने कुरा केहि छैन कारण मेरो कारणले उनको जिवन जिउदो लास सरह बनी सकेको छ नत उनले मलाई चिन्दछिन् नत म संग मिठा मिठा कुरा गर्दछिन् सिर्फ एक कोहोरो राज राज भनी रहन्छीन् नत भोक नत तिर्खा उनलाई केहि महसूस हुँदैन जति बेला मैले जे दिएँ कुपु कुपु खान्छीन् मिठो नमिठो उनलाई केहि थाहा हुँदैन कति खाने अघाएको नअघाएको उनलाई केहि थाहा हुँदैन म आफै बिचार गरेर ठिक्क तातो चिसो हेरेर राखी दिन्छु ।

म अब के गरौं कसरी उनी प्रति मैले गरेको महापाप बाट कसरी छुटकारा पाउन सक्छु होला। ऊफऊफ मैले अब मेरो घरपरीबारलाई उनको घरपरीबारलाई मेरो साथीसंगीहरु लाई के भनौं के जबाफ दिऊ ? कसरी यस्तो भईन् सानु भन्दा । आफैले आफैलाई सताउन थालेको छ हे राज ! तैले अब पश्चताएर केहि फाईदा छैन जे भयो भयो अशुभ भयो नहुने कुरा भयो तर यो सब कुराको भागीदार स्यम तँ आफै होस् तँ आफै………।

बुधबारे -५ झापा
नेपाल
हाल- यु. के

तपाईको प्रतिक्रिया