एनआरएन अध्यक्ष शेष घले र अर्थमन्त्रीवीच भेटबार्ता


काठमाण्डौं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले अर्थमन्त्री डा. रामशरण महतलाई भेटेर गैरआवासीय नेपाली संघले भूकम्पपिडीतका लागि बनाउन लागेको एक हजार घरको निर्माण अनुमित छिटो दिइदिन आग्रह गरेका छन् ।

पुनःनिर्माणमा भइरहेको ढिलाईले सवै गैरआवासीय नेपालीहरु चिन्तित रहेको र बिदेशी दातृ निकायसामूसमेत नेपालको शाख गिर्नसक्ने अबस्था आउने भन्दै घलेले पुनःनिर्माण प्रकृयालाई छिटो तिब्रता दिन आग्रह गरेका छन् ।

बुधबार अर्थ मन्त्रालयमा मन्त्री महतसँग छलफल गर्दै अध्यक्ष घलेले झण्डै ३५ करोड रुपैयाँ लागतमा निर्माण एक हजार घर निर्माणका लागि संघले सवै तयारी पुरा गरी सरकारी स्वीकृतिको प्रतिक्षा गरिरहेको जानकारी दिए ।

अध्यक्ष घलेले आगामी अक्टोवर महिनाको १६ र १७ तारिक नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजना हुनगई रहेको गैरआवासीय नेपाली विश्व सम्मेलन तथा त्यस अवसरमा संचालन गरिने बिभिन्न अन्तक्रिया कार्यक्रमहरुबारे जानकारी गराउँदै लगानी सम्बन्धि कार्यक्रमको अध्यक्षताको लागि अनुरोधसमेत गरे ।

सो अबसरमा अर्थमन्त्री महतले गैरआवासीय नेपालीहरुले मात्रिभूमिप्रति देखाएको सद्भाव र सहयोगप्रति कृतज्ञता जनाउँदै यसले गैरआवासीय नेपालीहरुको छविसमेत उच्च बनेको बताएको गैरआवासीय नेपाली संघको सचिवालयले जनाएको छ