भानु जन्मस्थलमा मोती जयन्तीको तयारी पुरा


-कृष्ण रानाभाट/ पोखरा

आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्धामा रहेको भानु जन्मस्थल विकास समितिको आयोजनामा यस वर्ष गरिने मोती जयन्तीको अवसरमा हुने गलज प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको समितिले जनाएको छ।

युवा कवि मोतीराम भट्टको १५० औं जन्म जयन्तीमा खुल्ला गजल प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा प्रथम, दितिय, तृतिय र सान्त्वना दुई जनालाई क्रमशः चार हजार, तिन हजार, दुई हजार र जनही पाँच सय रुपैया पुरस्कार रहेको समितिका निर्देशक शंकर रानाभाटले वताए।

भाद्र २७ गते आईतबार हुने सो प्रतियोगितामा ५० भन्दाबढि गजलकारहरुले प्रतियोगितामा भाग लिने उनले वताए।