बिश्व सम्मेलन नजिकिदै गर्दा, स्विटजरल्याण्डमा अन्तरक्रिया


– निराजन श्रेष्ठ
स्विटजरल्याण्ड/
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विटजरल्याण्डको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बिश्वसम्मेलन नजिकिदै गर्दा एनएनएनका अभियन्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

गत मंगलबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका निबर्तमान अध्यक्ष जीवा लामिछाने महासचिव कुमार पन्त,आईसीसी सदस्य (युके) कुल आचार्य,प्रवासी मञ्च युकेका अध्यक्ष राम शरण सिम्खडाको लगाएको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै संघका निर्बमान अध्यक्ष जीबा लामिछानेले गैर आवासीय नेपाली संघले नेपाल र नेपालीहरुका लागि ईतिहासमा गरिसकेको कुरालाई पनि हेर्न जरुरी भएको बताए। उनले भने,” भविष्यमा अझ कसरी अगाडी बढ्नु पर्छ भन्ने बिषयमा पनि गैर आबासीयहरु जिम्मेवार रहेको कुराहरुलाई केन्द्रित गर्दै अक्टोबरमा बिश्व सम्मेलन हुने हुँदा हामी सबैको सहभागिता हुन जरुरी छ।”

 निबर्तमान अध्यक्ष जीवा लामिछाने
निबर्तमान अध्यक्ष जीवा लामिछाने

केन्द्रिय महासचिब कुमार पन्त राष्ट्रिय समन्वय परिषद स्विटजरल्याण्डको नयाँ कार्यसमितिलाई बधाई दिंदै नेपाल र नेपालीहरुका लागि गैर आवासीयहरु यसरी नै जुट्नु पर्ने बताए। उनले बाढी पहिरो देखि विनाशकारी भूकम्प जस्तो विपत्ति होस् वा आफ्नै घर बनाउँने काममा पनि गैरआबासीयहरुले सहयोग गरेको बताउँदै आउँदा दिनमा पनि निरन्तरता दिनु पर्नेमा जोड दिए।

बेलायतमा बाट पुगेका अन्तराष्ट्रिय समन्वय परिषद सदस्य कुल आचार्यले युवा वर्गलाई प्रोत्साहन गर्दै आफ्ना अनुभवहरु साट्ने गरेको बताए। एनआरएनको भबिष्य युवाहरुमा रहेको कारण सधै माथि उकास्न आँफुले युवाहरुलाई प्राथमिकता दिने बताए।

स्विटजरल्याण्डमा एनआरएनहरुको अन्तरक्रिया
स्विटजरल्याण्डमा एनआरएनहरुको अन्तरक्रिया

अन्तरक्रिया कार्यक्रममा प्रवासी मञ्च युकेका अध्यक्ष राम शरण सिम्खडा, प्रस्तावित आईसीसी सदस्य बिनय श्रेष्ठ लगायत कार्यसमितिका पदाधिकारीहरु लगायत स्विटजरल्याण्डका एनआरएनहरुको बोलेका थिए।