बेल्जियमका अर्जुनकुमार श्रेष्ठद्वारा एनआरएन सचिबमा उम्मेद्‍वारी घोषणा


बार्सिलोना/
गैरआवासीय नेपाली संघ (एनआरएन)को युरोप संयोजकको जिम्मेबारीबाट प्रशंसा बटुलीरहेका बेल्जियमका अर्जुनकुमार श्रेष्ठले केन्द्रिय सचिब पदका लागि उम्मेद्‍वारी घोषणा गरेका छन्।आगामी अक्टोबर काठमाडौमा हुने सातौं विश्वसम्मेलन सँगै युरोप संयोजकबाट बिदा हुनै लाग्दा श्रेष्ठले सचिबका लागि उम्मेद्‍वारी घोषणा गरेका हुन्।

श्रेष्ठले सचिब पदमा उम्मेदवारी दिने यस अघि चर्चा चलीरहे पनि सामाजिक संजाल मार्फत आफ्नो उम्मेद्‍वारीको औपचारिक रुपमा जानकारी गराएका हुन्।  सोहि अबसरमा युरोप संयोजक श्रेष्ठले भनेका छन्, “गैर-आवासिय नेपाली संघमा सन् २००९ देखि विभिन्न पदमा रही  एनआरएन अभियानमा आफूलाई समाहित गर्ने मौका पाएँ। यही क्रममा हाल म यूरोपको क्षेत्रिय संयोजकका रुपमा मन, वचन र कर्मले सक्रियतापूर्वक कार्यरत छु।”

संघको गहन अनुभवका कारण, यस अभियानको चुनौति र अवसरहरुलाई निकटबाट बुझेको बताउँदै श्रेष्ठले चुनौति र अवसरहरुको ब्यवस्थापनमा सक्रिय रहने , संघका उदेश्यहरुको प्राप्तिमा सहयोग गर्ने उदेश्यका साथ आगामी कार्यकालका लागि केन्द्रिय सचिव पदमा उम्मेदवारी दिने सोच बनाएको जनाएका छन्।

गैर-आवासिय नेपाली संघका अहिलेसम्मका सफलताहरुबाट सन्तुष्ट बनेर बस्न नहुने विचार राख्दै श्रेष्ठले हासिल भएका सफलताहरुलाई हरेक सदस्यसम्म पु‍र्‍याउनु पर्ने आवाश्यकता रहेको बताएका छन्।

एनआरएन अभियानका लक्ष्य र उदेश्यहरु साथै उपलब्धिहरुलाई प्रत्येक प्रवासीसम्म पु‍र्‍याउन सक्यौं भने संघको सदस्यता संख्यामा ठूलो बृदि हुनेछ भन्दै श्रेष्ठले भने ” यसो भए मात्र हामी संस्थागत र आर्थिक दुवै रुपमा अझ सबल र समावेशी हुनेछौ।” यस्तै देशको गतिशिल सामाजिक एवं राजनीतिक अवस्था, संघको बृहद् अर्न्तराष्ट्रिय संजाललाई संस्थागत एवं प्रभावकारी बनाउन आवश्यकता रहेको पनि प्रष्ट पारे।

उनले भूकम्पबाट प्रभावित क्षेत्रको पुर्ननिर्माण र पुर्नस्थापनाको तड्कारो खाँचो संघको आगामी कार्यकालको लागि चुनौति रहेको बताउँदै त्यसलाई समाधान गरी संस्थालाई सबल, समावेशी र प्रभावकारी बनाउने अवसर गैर आबासीय माँझ आएकोले थप जिम्मेबारी लिन चाहेको बताएका हुन्।

को हुन् अर्जुन कुमार श्रेष्ठ ?

बेल्जियममा करिब डेढ दशक लामो समय गुजारी सकेका श्रेष्ठ नेपाली समुदाय माँझ एक सफल युवा ब्यबसायी रुपमा परिचित छन्।बेल्जियमको पर्यटकीय तथा औधोगिक शहर अन्त्वेर्पेंनमा नेशनल होटल संचालनमा गरिरहेको बिपीए ग्रुप सँग आबद्द श्रेष्ठले छोटो समयमा नै ब्यबसायमा फड्को मारेका छन्।

यस्तै श्रेष्ठ आबद्द बिपीए ग्रुपले यस अघि अन्त्वेर्पेंन नजिकै सेन्ट-निक्लासमा न्यु फ्ल्नांदर होटल संचालन गरि सकेको छ। । न्यु फ्ल्नांदरन बेल्जियममा नेपालीहरुको लगानीमा संचालन गरेको पहिलो तिन तारे होटल मानिन्छ। श्रेष्ठले एक दशक अघि देखी नै बेल्जियममा बिभिन्न ब्यबसायहरु संचालन गर्दै आएका छन्।

एनआरएनको स्थापना काल देखि नै सक्रिय श्रेष्ठ गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य हुँदै हाल युरोप संयोजकको सफलता पुर्बक जिम्मेबारी निर्बाह गरिरहेका छन्।

देशमा विनाशकारी भूकम्प जाँदा गैरआबासीय नेपाली संघको अभियानमा लागि प्रभावित क्षेत्रमा पुगेका श्रेष्ठले युरोपमा राहत संकलन गर्नको लागि पनि महत्वपूर्ण भूमिका खेलेका थिएँ। श्रेष्ठले सचिब पदका लागि उम्मेदवारी घोषणा गरे लगत्तै एनआरएन वृतबाट मुख्य दाबेदारको रुपमा बिश्लेषण गरिएको छ।

तपाईको प्रतिक्रिया