कोमल ओलीले डेनमार्कमा धमाका मचाइन


कोपनहेगन । भर्खरै कोमल ओली तीजको उपलक्ष्यमा डेनमार्क सुटुक्क आइन अनि चौबीस घण्टा पनि नबस्दै सुटुक्कै गइन । उनी आउने वातावरण बनाएको थियो ‘एन आर एन डेनमार्क’ र डेनमार्कमा रहने महिना दिदि बहिनीहरुको संस्था ‘क्रिएटिभ नेपलीज वुमन डेनमार्क’ ले ।

Screen Shot 2015-09-09 at 01.23.37
नेपाली चेलीहरुको महान चाड तीजको उपलक्ष्यमा विगतका वर्षहरुमा जस्तै यसपाली पनि डेनमार्कमा रहेका चेलीहरुलाई दर खुवाउने कार्यक्रममा नेपाली चेलीहरु नाचे र रमाए ।

लोक गायिका कोमल वलीले तीन घण्टासम्म डेनमार्कमा रहेका नेपालीलाई नचाउन सफल पनि भइन् र उनका गीत ”छ्ड्गे सलाम देखि ‘डिस्कोमा तीज’ भन्ने बोलका गीतहरुमा चेलीहरु धेरै रमाए । तीज साँझ नाम दिइएको उक्त कार्यक्रममा तीन सय पचास भन्दा बढी नेपालीहरु उपस्थित रहेका थिए भने उक्त सांगीतिक साँझमा गायिका वलीले आफ्ना तीजका गीतसहित अन्य गीतहरु गाएर नचाएकी थिइन् ।

Screen Shot 2015-09-09 at 01.24.11
एन आर एन डेनमार्कको हालै नवनिर्वाचॆत भएको कार्यसमितिले आयोजनामा सहकार्य गरेको पहिलो सामाजिक कार्य भएकोले पनि सो कार्यकम महत्वका साथ् हेरिएको थियो ।
महिलाहरुको पर्व भएकाले महिलाहरुको संस्था क्रियटिभ नेप्लिज वुमन इन डेनमार्क  संस्थासँग सहकार्य गरेको एन आर एन डेनमार्ककासचिव रमेश काफ्लेले बताए ।

Screen Shot 2015-09-09 at 01.24.32
उक्त तीज कार्यक्रम औपचारिक कार्यक्रमबाट सुरु भएको थियो । औपचारिक कार्यक्रमका प्रमुख अतिथि डेनमार्कका लागि राजदुत मुक्तिनाथ भट्टले नेपाली चेलीहरुलाई तीजको उपलक्ष्यमा शुभकामना दिएका थिए । एन आर एन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले तीजको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै यस्ता सामाजिक कार्यमा एन आर एन सबैसंग सहकार्य गर्न तयार रहेको बताए। क्रियटिभ नेप्लिज वुमन इन डेनमार्ककी अध्यक्ष अञ्जु पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रम आयोजना गर सहायोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन । कार्यक्रममा एन आरन एन युरोप क्षत्रिय उप-संयोजक सोम नाथ सापकोटा, आइ सी सी सदस्य सुर्य प्रकाश खनाल, जनसम्पर्क समित डेनमार्कका अध्यक्ष नवराज आचार्य, प्रवासी मंच डेनमार्कका अध्यक्ष कृष्ण प्रसाद पौडेल, इनास डेनमार्कका अध्यक्ष सन्त थापामगर लगायत सबैले चेलीबेटीहरुलाई तीजको शुभकामना दिएका थिए ।

Screen Shot 2015-09-09 at 01.17.40
यसै गरी कार्यक्रममा कोमल वलीसँगै स्थानीय नेपालीहरुले पनि आ आफनो प्रतिभा प्रस्तुत गरेका थिए । कोमल ओलीले निकै बेजोड प्रश्तुती दिन सफल भइन र उनले डेनमार्कको भेट दोस्रो पटकको भएको बताउंदै आँफुलाई यहाँसम्म ल्याइपुर्याउन सहयोग गर्ने एन आर एन डेनमार्क र क्रिएटिभ नेपलीज वुमन इन डेनमार्कलाइ विशेष धन्यवाद ज्ञापन गरिन । औपचारिक कार्यक्रमको संचालन एन आर एन डेनमार्कका महासचिव गोविन्द पौडेलले गरेका थिए ।

चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रम सहितको सो कार्यक्रम सफल पार्न सबैले खटेर लागेका थिए । एन आर एन डेनमार्कका उपाध्यक्ष इश्वर शर्मा, सचिव रमेश काफ्ले, कोषाध्यक्ष रमेश अधिकारी, सदस्यहरु अशोक शर्मा, मनिषा सिंह कोइराला, जमुना कंडेल, नवराज भट्टराई, युवा प्रतिनिधि प्रशान्त राज बानियाँ, प्रशान्त सापकोटा,  साथै भर्खरै निर्वाचित आइ सी सी सदस्य प्रविन प्रजापती लगायत क्रिएटिभ नेपलीज वुमनको तर्फबाट रमा सापकोटा, प्रमिला खनाल, इन्दिरा तिवारी, शोभा गौतम, मिना पौडेल लगायत सबैले सक्दो मेहनत गरेका थिए । यसै गरी मिना श्रेष्ठ तथा शुशिल घिमिरेले अतिथि स्वागतमा भूमिका खेलेका थिए । खानाको व्यवस्था रोयल क्याटरिङ्गका नवराज मैनालीले गरेका थिए । समग्रमा सो कार्यक्रम राम्रो रहेको धेर सहभागी चेलीबेटीहरुले बताए ।