कास्कीमा जिल्ला स्तरिय चित्रकला प्रतियोगिता, ३९ विद्यालयको सहभागिता


कृष्ण रानाभाट/पोखरा
नेपाल रेडक्रस सोसाईटी कास्कीको आयोजनामा कास्की जिल्ला विद्यालय स्तरिय चित्रकला प्रतियोगिताकोे सोमबार शुभारम्भ गरिएको छ।

नयाँवजारस्थित महेन्द्र उच्च माविमा भएको सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेरेसो कास्कीका सभापति वामदेव ढुङ्गानाले गरेका थिए ।

‘सडक दुर्घटना, यसबाट वच्ने उपाय एवं रेडक्रस स्वयम् सेवकको भूमिका’ विषयको थिममा भएको उक्त प्रतियोगितामा कास्की जिल्लाका जुनियर रेडक्रस सर्कल गठन भएका ३९ विद्यालयका ३९ जना विद्यार्थीहरुको सहभागिता रहेको छ।

चित्रकलाको निर्णायकमा वरिष्ठ कलाकार गोपाल श्रेष्ठ रहेका छन् भने उत्कृष्ठ चित्रकलालाई भदौ २६ गते पुरस्कृत गर्ने कार्यक्रम रहेको जानकारी सो अवसरमा दिईएको थियो।

विश्व प्राथमिक उपचार दिवश २०७२ को अवसरमा यस वर्षको नारा प्राथमिक उपचार र जेष्ठ नागरिक रहेकोले कास्की जिल्ला रेडक्रस सोसाईटीले चित्रकला प्रतियोगिताको कार्यक्रम आयोजना गरेको नेरेसो कास्कीका सदस्य सुर्यप्रसाद ढकालले वताए।

विद्यालयका प्रधानाध्यापक तथा जुरेसका संरक्षक रामदत्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सर्कल अध्यक्ष सुनिता शाक्यले, कार्यक्रममाथी प्रकाश नेरोसो प्राथमिक उपचार महाशाखाका कार्यक्रम अधिकृत टिकाराम पौडेल र संचलन सुर्यप्रसाद ढकालले गरेका थिए।

unnamed-33