अलपत्र आप्रबासीहरु अष्ट्रिया र जर्मनी पुगे,स्थानीयद्वारा ताली बजाएर स्वागत


बीबीसी / अष्ट्रिया र जर्मनीले हंगेरीमा केहि दिन अडकिएर सीमा पार गरेका हजारौं आप्रवासीहरुलाई भित्र्याएका छन्। अष्ट्रियाको सीमामा स्वयंसेवीहरुको स्वागत लगत्तै धेरै आप्रवासी राजधानी भियना र दक्षिण जर्मनीस्थित म्युनिखतर्फ लागेका थिए।
म्युनिखका स्थानीयले आप्रवासी आइपुग्दा ताली बजाएर स्वागत गरेका थिए र बालबच्चालाई मिठाइ बाँडेका थिए।अधिकारीहरुले भनेका छन्- आइतबार थप रेलसेवा उपलब्ध गराइनेछ।

आप्रवासीहरुको यो घटनाले बढ्दो शरणार्थी संख्यालाई कसरी संबोधन गर्ने भन्ने युरोपियन युनियनको संघर्ष प्रकाशमा आएको छ। यो हप्ताको शुरुतिर हंगेरीले आप्रवासीहरुको यात्रामा रोक लगाएपछि बुडापेष्टमा अस्तब्यस्त दृष्यहरु देखा परेका थिए।धेरै आप्रवासीहरु हंगेरीमा खडा गरिएका शिविरमा गएर शरणार्थीका रुपमा दर्ता गर्न अस्वीकार गरेका थिए। उनीहरुले आफुहरु जर्मनी र अष्ट्रिया जान चाहेको बताएका थिए।

भीडले सुरक्षा घेरा तोड्दै एक सय ७५ किलोमीटर दुरीम रहेको अष्ट्रियाको सीमातर्फ पैदलयात्रा शुरु गरेका थिए। कैयौं आफ्ना बालबच्चासँग थिए। दवाव बढेपछि हंगेरीले उसको अष्ट्रियासँगको सीमा खुला गरेको थियो। अष्ट्रियाले भनेको छ सीमा पार गर्ने आप्रवासीको संख्या सिमित गरिनेछैन।जर्मनीकी चान्सलर एंगेला मर्कलले भनिन्- जर्मनीले कर नबढाइकन या बजेटमा समस्या नपारिकनै नै नयाँ आउनेहरुलाई समेट्न सक्छ।

150905164438_refugees_munich_2_512x288_getty_nocredit
स्थानीयद्वारा ताली बजाएर स्वागत

केहि दिन अलपत्र परेपछि र अष्ट्रियाले शरणार्थीका लागि ढोका खोलेका हुन्तर जर्मनी र हंगेरीले भनेका छन् शरणार्थी खोज्नेहरुका लागि मानविय कारणले सीमा खोलिएको यो अपवाद मात्रै हो।र, डब्लीन रुल भनिने शरणार्थी आइपुग्ने पहिलो मुलुकमा शरणार्थीको निवेदन दिनुपर्ने नियम कायमै रहनेछ। हंगेरीले अरु आप्रवासीलाई रेलमा यात्रा गर्न अनुमति दिएको छ।

आइतबार पनि यो जारी रहने ठानिएको छ। २०१५ लागे यता नै तीन लाख पचास हाजार भन्दा बढि आप्रवासीहरु युरोप युनियन प्रवेश गरिसकेका छन् भनी बीबीसीको समाचारमा उल्लेख छ।