कोमल वली बार्सिलोना आउँने, तीजमा दिदिबहिनी नचाउँने


बार्सिलोना / कहिँले बिहेका कारण,कहिँले तीजका गीतहरुले सधैँ चर्चामा रहँदै आएकी लोकगायिका कोमल वली तीजमा दिदीबहिनीहरुलाई नचाउँन बार्सिलोना आउँने भएकी छन्। पोईला जान पाम,बाउले गाली गरे नि,बदमास शिवजी,भेटिएन कोहिँ,डिस्कोमा तीज,हल्ला भो शिवजी जस्ता थुप्रै फरक फरक किसिमका तीजका गीतहरु गाएर चर्चा बटुलेकी गायिका वली स्पेन आउँन लागेकी हुन्।

गायिका वलीले यस बर्ष भने,”पानि नखाई बस्नै पर्दैन”…. बोलको नयाँ तीजको गीत बजारमा लिएर आएकी छन्। प्रवासी नेपाली मञ्च स्पेनले हरेक बर्ष आयोजना गर्दै आएको तिज बिशेष कार्यक्रममा गायिका वली आउँने भएपछि अलि बिशेष र फरक बन्ने भएको छ। युरोप भर तीजका कार्यक्रममा ब्यस्त गायिका वली डेनमार्कबाट स्पेन आउँने निश्चित भएको मञ्चका महासचिब लक्ष्मण शर्माले जानकारी दिए।

महिलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा मञ्चले बिगत ७ बर्ष देखि लगातार रुपमा शुभकामना आदान – प्रदान सहित बिशेष साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ। आगामी सेक्टेम्बर १३ तारिक आईतबार बार्सिलोनामा आयोजना गरिने कार्यक्रम सम्पन्न गर्नको लागि मञ्चले रिता ढुंगाना रेग्मीको संयोजकत्वमा तयारी समिति समेत गठन गरेको छ। समितिमा लक्ष्मण शर्मा,हेम प्रसाद पाण्डे,दिनेश रेग्मी र राम प्रसाद कडेल सदस्यहरु रहेका छन्।

यस अघि कार्यक्रम सान्समा हुने भनिए पनि, मञ्चले सधै कार्यक्रम हुँदै आएको सिसिलियाको हलमा नै  सारिएको जनाएको छ। हरितालिका तिजको अबसरमा स्पेनबासी नेपाली समुदायलाई हरेक बर्ष जस्तै यो पटक पनि कार्यक्रममा उपस्थित भई सफल पार्न मञ्चले अनुरोध गरेको छ।

कार्यक्रम बारे पूर्ण बिबरण

मिति :– १३ सेक्टेम्बर ,०१५ आईतबार
स्थान: – काईया सिसिलिया ३२१
समय :- अपरान्ह ४ बजे देखी
प्रबेश शुल्क :– १० युरो