एनआरएन फ्रान्सले निशुल्क: तिज बिशेष कार्यक्रम गर्दै


पेरिस/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले तिजको उपलक्ष्यमा बिशेष कार्यक्रम गर्ने भएको छ। महिलाहरुको महान पर्ब तिजको उपलक्ष्यमा फ्रान्सका दिदीबहिनीहरुको लागि तिज बिशेष कार्यक्रम गर्न लागेको हो। बिदेशमा पनि आफ्नो सस्कृती अनुसार चाडबाड मनाउनु पर्छ भन्दै तिज कार्यक्रम आयोजना गर्ने संघको नियमित बैठकले गरेको हो।

सेक्टेम्बर ६ तारिक तीज विशेष निःशुल्क कार्यक्रम आयोजना गर्दै सहभागी बन्न फ्रान्स स्थित नेपाली महिलाहरुलाई संघले अनुरोध गरेको छ। संघका पदाधिकारीहरू र संस्थाका अन्य सहयोगीबाट आर्थिक सहयोग उठाई निःशुल्क कार्यक्रम गर्ने संघले जनाएको छ।

झण्डै ४ सय जना महिला दिदीवहिनीहरूको सहभागिताको अनुमान गर्दै कार्यक्रमको तयारी पुरा गरिएको संघले जनाएको छ।

कार्यक्रम बारे पूर्ण बिबरण

मिति :- ६ सेक्टेम्बर,०१५
समय :- विहान को १२ बजे देखि साँझ ५ सम्म
स्थान :- 2 Rue du 8 Mai 1945
94700 Maison-Alfort
France
*Mertro line no. 8. stop: Maison-Alfort state.

आयोजक:- एनआरएनए फ्रान्स