कल सेन्टरले सर्वोत्कृष्ठ संस्थालाई सम्मान गर्ने


कृष्ण रानाभाट
पोखरा/
पश्चिमाञ्चल कै एक मात्र टेलिफोन इन्क्वायरी सेवा प्रदायक संस्थाले यस वर्ष सर्वोत्कृष्ठ संस्थालाई सम्मान गर्ने भएको छ। संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा पोखरामा एक कार्यक्रमको आयोजना गरि संस्थाले सो घोषणा गरेको हो।

घोषणा अनुसार कल सेन्टरमा वार्षिक ग्राहक सदस्यता लिई नियमित आफ्नो संस्थाको फोन नम्बर तथा लोकेसन लगाएत विस्तृत जानकारी दिने विभिन्न प्रकार व्यवसायीक एवं सेवा मुलक संस्थाहरु मध्ये कलरले सबैभन्दा बढि फोन नम्बर सोध्ने संस्थालाई सम्मान गर्ने छ।

यस वर्ष सर्वोत्कृष्ठ १० संस्थालाई छनोट गरी एक्सिलेन्स सर्च सर्टिफिकेटद्धारा सम्मान गर्ने हेल्पलाईन कल सेन्टरका सिष्टम मेनेजर सागर कार्कीले वताए। पोखरामा प्राईभेट टेलिफोन ईन्क्वायरी सेवा २०५७ सालमा सुरु भएतापनि २०६२ सालदेखि हेल्पलाईन कल सेन्टरले ०६१–५४०००० र ०६१–५३५००० नम्बरबाट निरन्तर सेवा प्रदान गर्दै आएको छ।

संस्थाले ग्राहकको सुविधा अनुसार कुनै पनि व्यक्तिगत तथा सरकारी कार्यलय फर्म, व्यवसायीक संस्था, संघसंगठन आदिको फोन नम्बर, फ्याक्स, मोवाईल, लोकेशन, ंईमेल, वेबसाईटहरुको जानकारी दिदैं आएको छ। गण्डकी धौलागिरी, वाग्मती, नारायणी र लुम्बिनीका करिब १० हजार संस्थाहरु सदस्य रहेको छन्।