एनआरएन बेल्जियमको अध्यक्षमा गंगाधर गौतम बिजयी


बेल्जियम । गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा गंगाधर गौतम बिजयी भएका छन् ।
मत परिणामअनुसार गौतमले ८३६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी सरु चापागाईंले ६८१ मत प्राप्त गरेकी छिन् । यसैगरी अर्का प्रत्यासी गडुलध्वज गुरुङले १६९ मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्षमा कृष्णप्रसाद पौडेल ८६१ र पदम गुरुङ १०१५ मतसहित बिजयी भएका छन् । महिला उपाध्यक्षमा यसोदा सुवेदी बिजयी भएकी छिन् । उनले ८३० मत प्राप्त गरिन् ।

यसैगरी महासचिवमा लोक दाहाल, सचिवमा गोविन्दसिंह अधिकारी र राकेश कर्माचार्य, कोषाध्यक्षमा आङमाया लामा, सहकोषाध्यक्षमा हरिकुमार पाठक बिजयी भएका छन् ।

यसैगरी महिला संयोजकमा निर्मला बजगाईं तथा सदस्यहरुमा राजु केसी, भिम सुवेदी, पूर्ण तिमिल्सीना, किरण शर्मा, सागर सुब्बा होम गुरुङ, अहमद दिन मिया, रेना बस्नेत, कल्पना मगर, सावित्री गिरी र सुमित्रा गुरुङ निर्वाचित भए । प्रगतिशील प्यानलको तर्फबाट एक मात्र सदस्य मुना ताम्राकारले जितिन् ।

आईसीसी सदस्यमा चीजकुमार श्रेष्ठ र नेत्रबहादुर मगर बिजयी भएको एनआरएन बेल्जियम निर्वाचन समितिले जनाएको छ ।