रेडियो स्पेननेपालले दिदिबहिनीहरुसँग तिज बिशेष रेडियो अन्तरक्रिया गर्ने


बार्सिलोना/
नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा रेडियो स्पेननेपालले तिज बिशेष रेडियो अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। सूचना मनोरन्जन र जनचेतनाका लागि भन्ने अभियानका साथ स्पेनमा खोलिएको अनलाईन रेडियोले अन्तरक्रिया गर्न लागेको हो।

रेडियोले गत बर्ष देखि शुरु गरेको तिज बिशेष रेडियो अन्तरक्रिया कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिन लागेको हो। बिशेष गरि तिज आउनु भन्दा धेरै अघिबाट नै तडकभडक हुने हुँदा बिदेशमा कसरी सरल र सहज रुपमा सभ्य बनाई तिज मनाउँन सकिन्छ भन्ने बिशेषमा कुराकानी गर्ने रेडियोले जनाएको छ।

गत बर्ष ८-१० जना महिलाहरुसँग मात्र कुराकानी गर्दै शुरु गरिएको रेडियो अन्तरक्रिया यस बर्ष भने सबै दिदिबहिनीहरुको लागि खुल्ला गरिएको  छ।

भूकम्पले देश क्षत विक्षत भएको र हजारौले ज्यान गुमाएको यो बर्षमा तिजलाई कसरी मनाउँन ठिक होला ? भन्दै महिला दिदिबहिनिहरुको धाराणा रेडियोमा लाईभ प्रस्तुत गरिने भएको छ। कार्यक्रमको संयोजन गरिरहेका रेडियो संचालक सदस्य सन्तोष श्रेष्ठले ईच्छुक दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थिति भएर  बिचार राखिदिन अनुरोध गरेका छन्।

सेक्टेम्बर ७ तारिक बिहान ९.३० बजे देखि मध्यान्न १२ बजे सम्म हुने रेडियो अन्तरक्रियामा दिदिबहिनीका बिचार सहित तिजका भाकाहरु पनि रेडियोमा लाईभ प्रस्तुत गरिने भएको छ। सन् २०१४ मे महिना देखि रेडियो स्पेननेपाल संचालनमा आएको हो। रेडियोलाई www.spainnepal.com मार्फत संसारभर सुन्न सकिन्छ।

कार्यक्रमबारे पूर्ण जानकारीका लागि
मिति:– ७ सेक्टेम्बर,०१५
स्थान:- माउन्ट एभरेष्ट रेष्टुरेन्ट calle viladomat 80, 08015 बार्सिलोना
समय:- अन्तरक्रिया बिहान ९.३० देखि १२ बजे सम्म,दर खुबाउँने कार्यक्रम १२ बजे पछि
प्रबेश:-  निशुल्क

उपस्थिति:- केवल महिला दिदीबहिनीहरुको लागि मात्र

बिशेष अनुरोध:- आफ्ना बालबच्चा सबैका प्यारा छन् महत्वपूर्ण छन्। जहाँ जादा पनि लिएर हिड्नु डुल्नु स्वभाबिक हो। तर अन्तरक्रिया कार्यक्रम अडियो बिशेष हुने हुँदा हामीले हो हल्ला,वा बच्चा रोईदिने यस्ता समस्या देखिएको खण्डमा रेडियोमा पनि लाईभ त्यस्तै जाने हुँदा,सके सम्म साना- साना बालबच्चालाई केहि समयमा लागि घरमा नै राख्ने प्रबन्ध मिलाएर आउँनु होला। यो कारणले दिदिबहिनीहरुमा पर्न गएको असुविधा प्रति क्षमा पार्थी छौ।

तस्बिर:- गत बर्षका झलकहरु

_DSC4872_DSC4876

10322834_1432069397071303_475532057555006806_nतस्बिर :-रेडियो संचालक सदस्यहरु