नेपाली बालकलाई रोनाल्डोको जर्सी उपहार


काठमाडौं /
पोर्चुगल तथा रियल मडि्रडका फुटबल स्टार रोनाल्डोले एक १३ वर्षीय नेपाली बालकलाई आफ्नो हस्ताक्षरसहितको टिशर्ट उपहार पठाएका छन् ।

गत वैशाखमा आएको भूकम्पले ठुलो जन धनको क्षति हुँदा पनि फुटबल खेल्न नछाडेका बनेपाका जेतिन श्रेष्ठलाई उनले उपहार पठाएका हुन् ।

टिशर्टसँगै उनले पठाएको सन्देशमा भनिएको छ, ‘जेतिन, बलियो हुनु, तिमीलाई शुभकामना ।फोटोग्राफर ओमार हवाना र पत्रकार मागारिडा मोटाले बालकलाई उनका आदर्श फुटबलर रोनाल्डोसित जोडिदिने काम गरेका थिए ।

उनीहरुले भूकम्पले भत्किएको घर अगाडी पोर्चुगलको जर्सी लगाएर फुटबल खेलिरहेका बालकको तस्वीर रोनाल्डोलाई देखाएकोटेलिग्राफले जनाएको छ । त्यही तस्वीर हेरेर रोनाल्डोले जेनितलाई रियल मड्रिडको जर्सी उपहार पठाएका हुन् ।