एनआरएन स्पेनको बैठक सम्पन्न,निर्णयहरु (जस्ताको तस्तै )


यहि मिति २३ अगस्ट २०१५का दिन गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष श्री मुक्त बहादुर गुरुङ को अध्यक्षतामा संघको बैठक सम्पन्न भयो।

कास्कीको लुम्ले ढिकुर पोखरी र भादैरे तमागी गा बि स मा गत श्रावण १४ गते गएको पहिरो पिडितको लागि राहत तथा आर्थिक सहयोगको संकलन गर्न यस गैर आवासीय नेपाली संघ स्पेनको कार्यकाल भरी नै सबै खाले आर्थिक सामाजिक तथा अन्य सम्पूर्ण राहत तथा भैपरी आउने सहयोग गर्नको लागि संघका सचिब श्री राम प्रसाद सापकोटा (विराज) को संयोजकत्वमा ५ सदस्यीय सहयोग गठन समिति गठन गर्दै कास्की सेवा समाज संग मिलेर आर्थीक सहयोग प्रदान गर्ने निर्णय गरियो।

केन्द्रीय अधक्ष्य श्री शेष घले ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको अन्तरक्रिया तथा च्यारिटी डिनर सफलता पुर्बक सम्पन्न भएको र कार्यालय स्थापनाको लागी गैर आवाशीय नेपाली संघ स्पेनलाई सहयोग स्वरूप ८ हजार २ सय ४० यूरो प्राप्त भएकोले आगामी २ महिना भित्र कार्यालय स्थापना गरिसक्नु पर्ने कुरा कार्यालय ब्यबस्थापन समितिका संयोजक राजु समशेर थापाले समितिलाई पूर्णता प्रदान गर्दै बताउनुभयो।

नेपालीहरुलाई राहदानी लगाएतका विभिन्न समस्या हरु समाधानार्थ यहि मिति २०१५-०९ ०४ गतेका दिन संघका अध्यक्ष मुक्त बहादुर गुरुङको नेतृत्वमा उपलब्ध भएसम्मका साथीहरु पेरिस स्थित नेपाली राजदुतावासमा डेलिकेसन जाने निर्णय गर्दै समस्त स्पेनबासी नेपालीहरुलाई केहि आबश्यक कागजपत्रहरु तथा राहदानीका बिषयमा फारम पठाउनु पर्ने भए ३१ अगस्ट सम्म संघका महासचिब तथा अध्यक्षलाई दिइसक्नु हुन अनुरोध गरियो।

निवर्तमान कार्यसमितिसँग गरिएको बुझ बुझारथलाई अनुमोदन गर्दै जनसम्पर्क समितिले आयोजना गर्न लागेको १०१औ बिपी जयन्ती कप भलीबल प्रतियोगितामा संघले सहभागिता जनाउने र नेपाली प्रबासी मंचको आयोजनामा हुन लागेको हरितालिका तीज कार्यक्रम र प्रबासी नेपाली मंचको मुख पत्र स्पेन संदेशलाइ बिज्ञापन तथा शुभकामना दिने निर्णय गरियो।

यसैगरी गैर आवाशीय नेपाली संघको विश्व सम्मेलनमा भाग लिन इच्छुक पंजीकृत सदस्यता लिएका सम्पूर्ण स्पेनबासी नेपाली हरुलाई यहि मिति २०१५-०९-१० भित्रमा निबेदन दिनुहुन आब्हान गरियो |

उमेश प्रसाद अधिकारी
महासचिब,एनआरएनए स्पेन
६३१६७८१३२