अष्ट्रेलियाका गणेश केसीको एनआरएन सचिबमा उमेद्वारी घोषणा


सिड्नी । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिको सचिव पदमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका पूर्व अध्यक्ष एवं हाल आईसीसी सदस्य रहेका केसीले आइतबार सिड्नीमा आयोजित कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

करिव एक दशकदेखि एनआरएन अभियानमा सक्रिय केसी सन् २००७ मा एनआरएन अष्ट्रेलियाको कार्यसमिति सदस्य र त्यसपछि न्यू साउथ वेल्स संयोजकको जिम्मेवारी सम्हालेका थिए ।

गैरआवासीय नेपाली संघको भवन निर्माणका लागि ओसियाना क्षेत्रमा रकम संकलन अभियानको संयोजन गरेका केसीले अष्ट्रेलियाबाट ठूलो परिणाममा रकम संकलन गर्न सफलता पाएका थिए ।

वर्तमान अध्यक्ष शेष घलेले अत्यन्तै उदाहरणीय काम गरेको र उहाँले थालेका केही काम अपुरै रहेका कारण तीनलाई पुरा गर्न पनि अझै एक कार्यकाल घले नै अध्यक्ष हुनुपर्ने उनले बताए । अध्यक्ष घलेको टीममा रहेर एनआरएनको प्रतिष्ठा बढाउन आफु लागिपर्ने उनले बताए