टीकापुर घटना अमानवीय तथा त्रसादिपूर्ण हमला भन्दै एनआरएनद्वारा भर्त्सना


बसन्त रानाभाट
बार्सिलोना/
शान्तिपूर्ण आन्दोलनका क्रममा राष्ट्रसेवक प्रहरी अधिकारीमाथि अमानवीय तथा त्रसादिपूर्ण हमला भएको भन्दै गैरआवासीय नेपाली संघले घोर भत्र्सना गरेको छ। सोमबार टीकापुरमा भएको घटनाले सम्पूर्ण गैर आबासीयहरुलाई स्तब्ध र मर्माहत बनाएको बनाएको भन्दै संघले भत्सना गरेको हो।

संघले सत्य तथ्य बुझि दोषि उपर कडा कार्वाहीको लागि नेपाल सरकार समक्ष जोडदार माग समेत गरेको छ।  संघका प्रबक्ता मन केसी द्वारा जारी बिज्ञप्तिमा कर्तब्य पालनको शिलशिलामा अन्त्यन्तै संयमताका साथ खटिएका नेपाल प्रहरीका बरिष्ट उपरिक्षक,प्रहरी अधिकृत,प्रहरी जवान तथा मृतकप्रति भाबपूर्ण समबेदना प्रकट गरिएको छ।

संबिधान निर्माणको संबेदनशिल घडीमा नेपालका बिबिध क्षेत्रहरुमा हिंसात्मक प्रदशन भईरहेकोमा अत्यन्तै दुखित भएको बताउँदै संघले संबिधान निर्माण प्रकियालाई नै बिलम्ब गरी मुलुकमा सम्बृद्दी ल्याउँने गैरआबासीयहरुको चाहनामा तुषारापात हुने त हैन भन्दै चिन्ता ब्यक्त गरेको छ।

राष्ट्रले भूकम्पबाट ठुलो जनधनको क्षति व्यहोरेर राष्ट्र पुन:निर्माणमा सबै नेपालीहरु जुट्नु पर्ने बेला र संबिधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगी जारी हुने अबस्थामा देशमा भएको घटनाले गैर आबासीयहरुलाई स्तब्ध र मर्माहत बनाएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

संघले यो जटिल परिस्थितिमा सरकार,सबै राजनीतिक दल,आन्दोलनमा उत्रिएका राजनीतिक पक्ष,समुह,नागरिक अगुवा तथा आम नेपाली जनतालाई संयमता अपनाउँन र कुनै पनि भड्किला ब्यबहार नदेखाउँन अपिल गर्दै सद्भाव कायम राख्न अनुरोध गरेको छ।

सोमबार थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मीको मृत्यु भएको थियो। घटनामा ५० भन्दा बढी सुरक्षाकर्मी र केही आन्दोलनकारी घाइते भएका छन् । २ वर्षका बालक टेकेन्द्र साउदको पनि मत्यु भएको छ ।

छुरा, भाला, बन्चरोसहितका घरेलु हतियार बोकेर आएका ८/१० हजारको संख्यामा आन्दोलनकारी सडकमा उत्रिएका थिए।आन्दोलकारीले सरकारी कार्यालय कब्जा गर्न खोजेपछि कैलालीको मुनुवा गाविस ६ सिलम चौराहमा झडप भएको थियो ।

 

11885391_590937687713830_632579714998805010_n