शेष घलेको युरोप भ्रमणले दिएको सन्देश


– वसन्त रानाभाट
तपाईहरु जे काम गर्नुहुन्छ खुल्ला मनले गर्नु होला। मैले अष्ट्रेलियामा सबै खाले काम गरे। होटलका रुमहरुको बेड बनाएँ ,त्यसैले मलाई अहिले पनि फाईदा भईरहेको छ। बिहान उठ्ने बित्तिकै हरेक दिन म आँफै बेड बनाउँछु। म च्याम्पियन छु बेड बनाउँन। आखिर जीबन सिक्ने प्रक्रिया रहेछ,हरेक दिन तपाईले नयाँ कुरा सिक्न सक्नुहुन्छ। केहि कुरा सिक्नु भयो भने त्यो तपाईलाई नै फाईदा हुन्छ त्यसैले हरेक काम गर्दा मनदेखि नै गर्नु होला जीवनमा अबश्य सफल भईन्छ।

तपाईहरु हाँसी रहनु हुन्छ किन होला ? जति बेला पनि हाँसी खुशी नै भएको देख्छु। एउटा मौसमले पनि होला,साह्रै घमाईलो रमाईलो ठाँउ लाग्यो। पेरिसमा छदाँ साथीहरुले होटल हायत रिजेन्सीमा बुक गरिदिनु भएको रहेछ। त्यहाँ गएर सेभिङ् मागेको टुथ ब्रस पो लिएर आईदिनु भयो,फेरि आईरन मागेको तँ १० फलोरमा जाँनुहोस् ,त्यहाँ आईरन रुम छ भन्नु भयो।

तर यहाँ तपाईहरुले लोकल होटल बुक गरिदिनु भएको रहेछ। कार्यक्रममा आउँने तयारी गर्दा,सेभिङ् मागेको हाँस्दै ल्याईदिनु भयो र फेरि आईरन पनि हाँसेर नै ल्याईदिनु भयो। जति बेला पनि हाँसीरहने बाताबरण पनि रमाईलो घमाईलो भएर पो हो कि ? मलाई तँ धेरै पछि गाउँमा आएँ जस्तो लाग्यो। तपाईहरुलाई खुशी पार्न अहिले मैले भनेको होईन। तपाईहरुमा सरलता पाएँ, सहयोग गर्नु हुन्छ त्यो तपाईहरुसँग भएर होईन, तपाईहरुले चाहेर हो।

गाउँमा पुग्र पनि गार्ह्रो छोडेर आउँन पनि गाह्रो। हाम्रा गाउँ घरमा यस्ता मान्छेहरु पनि फेला परे,बस्ने एउटा घर छैन,बच्चा काखमा लिई राखेका छन्,केहिँ पकाउने भाँडो पनि छैन तर फेरि भन्छन् पख्नुहोस्, चिया तँ खाएर जानुहोस्।”त्यस माथि अनुहारमा हाँसो त छँदै छ, बिपतको बेलामा पनि मन कत्ति कमजोर देखिँन।

माथि उल्लेखित गरेका सबै कुराहरु गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले ब्यक्त गरेका हुन्। गत अगष्ट १२ तारिक बार्सिलोनामा एनआरएनहरु बीच छलफल र अन्तरक्रिया हुँदा घलेले यी सबै कुराहरु ब्यक्त गरेका हुन्। अझ उनले सुनाएका धेरै कुराहरु यहाँ लेख्न छुटेका छन्।

माथि उल्लेखित पहिलो बुदाँ मा उल्लेखित कुराले मलाई साह्रै प्रभावित पारेको छ। त्यसैले घलेको शब्दलाई फेरि दोह्रोउँन मन लाग्यो। “तपाईहरु जे काम गर्नुहुन्छ खुल्ला मनले गर्नु होला। मैले अष्ट्रेलियामा सबै खाले काम गरे। होटलका रुमहरुको बेड बनाएँ ,त्यसैले मलाई अहिले पनि फाईदा भईरहेको छ। बिहान उठ्ने बित्तिकै हरेक दिन म आँफै बेड बनाउँछु। म च्याम्पियन छु बेड बनाउँन। ”

यी सबै कुराहरु सुने पछि यस्तो लाग्यो काम सिकेर मात्र हुँदो रहेनछ त्यसलाई दैनिक रुपमा प्रयोग पनि गर्न सक्नु पर्ने रहेछ। कति धेरै हामी यस्ता हुँ ला काम जानेर वा सिकेर पनि ,त्यसलाई दैनिक जीवनमा प्रयोग गर्न सकिरहेका छैनौ। तर घलेका ति बिचारहरुले मलाई लाग्दछ हामी सबैलाई व्यहबारीक बन्न प्रेरित गरेको छ। आशयले यता पनि अर्थ लाग्ला चिया पकाउन आउँछ भने,कुरेर बस्नु पनि बेकार नै रहेछ।

स्पेनको नेपाली समुदायलाई अलि फरक ढंगले हेर्नुको पछाडी पनि यहाँका नेपालीहरुको मनको कारणले नै हो जस्तो लाग्छ । यहाँका नेपालीहरुको जीवनस्तर निकै सरल छ। धेरै पिडा चोट,हन्डर ठक्कर खाएर यता भित्रिने, भएर पनि होला, यहाँको नेपाली समुदाय परेको बेला खटिएर नै लाग्छ। हो साँच्चै यहाँ भएर सहयोग गर्ने कम छन् तर चाहेर गर्ने धेरै भेटिन्छन्। भूकम्प पिडित सहयोगार्थ स्पेनमा १ लाख ३ हजार युरो भन्दा बढी भएर संकलन गरेका होईनन्,मन देखि चाहेर नै सहयोग गर्नाले रकम जुटेको हो।

खादाले भरिएको लगेज गुडाउँदै युरोप छिरेका घले

युरोप भ्रमणको क्रममा जर्मनी,नेदरल्यान्ड्स, बेल्जियम,लक्जम्बर्ग,फ्रान्सका एनआरएनहरुलाई घलेले खादाहरु लगाई दिएको थुप्रै तस्बिरहरु देखेको थिएँ। मलाई लागेको थियो ति सबै आयोजकहरुले नै उपलब्ध गराएका थिएँ।

तर बार्सिलोनामा गुडेको घलेको लगेजले फेरि अर्कै छाँप छोडेको छ। खादाहरुले लगेज भरिएको थियो। आकाशे निलो रङ्गको खादामा एनआरएनको लोगो सहित लेखिएको छ,”महाभूकम्प २०७२ – अमुल्य सहयोगका लागि सम्मान।” ति सबै गैर आवासीयहरुलाई धन्यवाद र आभार प्रकटका लागि भन्दै आँफैले लिएका आएका थिएँ।IMG_6276तस्बिर:- अध्यक्ष घलेको साथका लेखक वसन्त रानाभाट

भलै अध्यक्ष घले चाहेर पनि,समयका कारण सबै ठाँउहरुमा पुग्न सकेनन् होलान्,युरोपका ६ मुलुकमा पुग्न सके तर सन्देश भने सबै गैर आबासीयहरुलाई छाडेका छन् ,”हिजो दुखमा गाउँलेले हात थाप्दै केहि राहत पाएका थिएँ भने यो तपाईहरुको कारणले नै हो।” भन्दै आँफू गाउँ पुग्दा,भोगेका अनुभवहरु किन नहोस् ,कतै जटिलताका,कतै,कठिनाईका यथार्थ परक घटनाक्रम बताईदिँदा घलेले झन् गैर आवासीयहरुको बिश्वास जितेका छन्।

एनआरएनहरुलाई झन् जिम्मेबार बनाईदियो

देश पुन:निर्माणको चर्चा चलिरहेको बेला गैर आबासीय नेपालीहरुको भूमिका महत्व र जिम्मेबारी बढेको देखिएको छ। घले आँफैले भनेका छन् ,‘बिपतमा गरेको सहयोगका कारण गाउँगाउँमा आशा बढेको छ, ‘यो काम निकै जटिल काम हो, त्यसैले सचेत हुन जरुरी छ । पुनर्निर्माणमा गल्ती गरे, अहिलेसम्म गरेका सबै उपलब्धी गुम्ने हुँदा काम गर्दा निकै सचेत हुनुपर्छ। यति भन्दै गर्दा घलेले यहाँबाट नै प्रत्येक गैर आबासीयहरुलाई सजग गराएका छन्।

आकाशे निलो रङ्गको खादा लगाएर धन्यबाद र आभार मात्र हैन, अझ सजग र जिम्मेबार बन्न प्रेरित गरेका छन्। अक्टोबरको बिश्व सम्मेलनलाई मध्ये नजर गर्दै युरोपका गैर आवासीयहरुले पटक पटक नेतृत्व लिनु पर्छ ,यहीबाट घोषणा गर्नु पर्छ भनेर भनी रहँदा पनि त्यता तिर नगई पुन:निर्माणकै चर्चा गर्नु र सम्झनाउँनु घले आँफै पनि जिम्मेबार छन् र अरुलाई पनि जिम्मेबारी बन्न प्रेरित गरेका छन् भन्ने सन्देश दिएका छन्। त्यसैले त भनेका छन् ,”एउटा कुरा म आजै ग्यारेन्टी दिन्छु, एनआरएनको फेरि अध्यक्ष बने पनि नबने पनि आफूले सकेको स्रोत, साधान र समय दिएर देश पुनर्निर्माणमा पूर्ण रुपमा लाग्छु ।’

युरोप भ्रमणको सन्देश

शेष घलेले बोलेको अर्को कुरा फेरि जोड्न मन लाग्यो। उनले भनेका थिएँ ,“म अगाडी सरें, तर एउटा फेस मात्र थिएँ, पछाडि धेरै मान्छे लागि परेका हुन्छन् ।’बिपतका बेला म जस्तै तीन सय बढी गैर आवासीयहरु अहोरात्र खटिएका थिएँ।

यसरी नै प्रबासमा हजारौ गैर आवासीयहरु राहत संकलन लागि अहोरात्र जुटे। तपाईहरुले सहयोग नगरेको भएँ ,यो सम्भव थिएँन। आज गैर आबासीयको कामलाई कसैले राम्रो ठानेको छ भने,यो मेरो कारणले हैन तपाईहरुको कारणले नै हो। त्यसैले घलेले आफ्नो मात्रै चर्चा नगर्न पनि अनुरोध गरेका थिएँ।

शेष घलेका बिचार,भनाई र उदेश्यहरु देख्दा, उनि देश पुनर्निर्माणमाका लागि पूर्ण रुपमा चिन्तित छन् र योजनाबद्द रुपमा लाग्न चाहान्छन्। यसको लागि गैर आबासीयहरुको ठुलो सहयोग,साथ र समर्थनको खाँचो छ। सबै आ- आफ्नो ठाँउबाट जिम्मेबार हुन जरुरी छ। घलेले गैर आबासीयहरुलाई धन्यबाद र आभार प्रकट गरेर मात्र युरोप भ्रमण सकेका छैनन् ,सबैलाई देश निर्माणमा जुट्न प्रेरित समेत गरेका छन्।

अझ उनले ल्याएको “महाभूकम्प २०७२ – अमुल्य सहयोगका लागि सम्मान” लेखिएको खादाले, प्रत्येकको जिम्मेबारी थपिएको छ। फेरि निश्चल मनले राष्ट्रका लागि केहि गर्न हौसला प्रदान गरेको छ। घलेले युरोप भ्रमण सँगै एनआरएनको १ हजार घर बनाउँने प्रतिबद्दतालाई मिलेर नै पुरा गर्ने सन्देश छोडेका छन्।