स्पेनमा तमुहरु ट्होटे पर्वमा रमाएँ


बार्सिलोना/
स्पेनमा बसोबास गर्ने गुरुङ जातीहरुले ट्होटे पर्व मनाएका छन्। हरेक बर्ष जस्तै यो पटक पनि तमु समाज स्पेनको आयोजनामा ट्होटे पर्व सम्पन्न भएको हो। स्पेनमा रहेका तमु जातीहरु एकै ठाँउ जम्मा भएर संगै खानपिन तथा रमाईला गतिबिधिका साथ पर्व मनाईएको समाजले जनाएको छ।

बार्सिलोनाको खुल्ला पार्कमा सम्पन्न कार्यक्रममा डोरी तान्ने, तातो आलु जस्ता प्रतियोगिताले महिला तथा बालबालिकाहरुले मनोरन्जन लिएका थिएँ।

कार्यक्रममा हालै गैर आबसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्षमा मुक्त बहादुर गुरुङ,उपाध्यक्षमा गौतम गुरुङ र सदस्यमा निल गुरुङ निर्बाचित भएकोमा बधाई तथा शुभकामाना ब्यक्त गरे ।यस्तै प्रबासी नेपाली मंच स्पेनको अध्यक्षमा दिनेश गुरुङ,स्याङ्गजा सहयोग समाज स्पेनको अध्यक्षमा बेन बहादुर गुरुङ निर्बाचित भएकोमा पनि बधाई तथा शुभकामाना ब्यक्त गरिएको समाजले जनाएको छ।

अध्यक्ष ज्योती गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिब बेलकाजी गुरुङ र कोषाध्यक्ष दीपा गुरुङले गरेका थिए।

तमु जातिको मौलिक साँस्कृतिक पर्व ट्होटें तमुहरुले वर्षको दुई पटक साउनको अन्तिम मंगलबार र चैत्रको अन्तिम मंगलबार उधौली र उघौलीको रुपमा मनाउने गर्दछन । गुरुङ भाषामा ट्होटेंको शाब्दिक अर्थ ट्हो भनेको गाँउ बस्ती र टें भनेको शत्रु धपाउने भन्ने वा शत्रु धपाएर समाज सुरक्षित राख्ने भन्ने बुझिन्छ ।

11906793_1019166444774453_4661529677332520438_o11952721_1019164744774623_5368531586742740336_o11012450_1019165578107873_6390593363057825322_o11882332_1019164814774616_9167744553802774762_o