एनआरएन मोजाम्बिकको दोस्रो अधिबेशन सम्पन्न,अध्यक्षमा बासुदेव घिमिरे


महेन्द्र चापागाईं, मोजाम्बिक
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मोजाम्बिकको दोश्रो अधिबेशनबाट बासुदेव घिमीरे निर्बाचित भएका छन्।

शनिबार सम्पन्न संघको अधिबेशनबाट घिमिरे सर्बसम्मत निर्बाचित भएका हुन्। संघले अन्तराष्ट्रिय समन्वय परिषद सदस्यको लागि याम प्रसाद सुबेदीलाई चयन गर्दै प्रस्तावित गरेको छ। यस्तै संघको उपाध्यक्षमा महेन्द्र चापागाईं, महासचिवमा अर्जुन बस्याल, सचिव किसान रायमाझी, कोषाध्यक्षमा प्रकाश बस्याल निर्बाचित भएका छन्।

संघको युवा प्रतिनिधिमा प्रेम बि.सी र कार्यसमितिका सदस्यहरुमा विष्णु श्रेष्ठ, रमेश चापागाईं, राजन न्यौपाने, भोजराज चापागाईं, टेक प्रसाद बस्याल, यादव बश्याल र रमेश पौडेल रहेका छन् ।