एनआरएन बेल्जियमको अध्यक्षका लागि चार जनाको उमेद्वारी दर्ता


– बसन्त रानाभाट
स्पेन/
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियममा अध्यक्ष पदका लागि चार जनाको उमेद्वारी परेको छ। अध्यक्षका लागि सरु चापागाई,उल्का घिमिरे,गंगाधर गौतम र गडुल धोज गुरुङको उमेद्वारी परेको हो।

शनिबार मनोनयन दर्ता गर्ने समय अबधि भित्र आगामी नेतृत्वको लागि चार जनाको उमेद्वारी दर्ता भएको निर्बाचन आयोगले जनाएको छ। यस्तै अन्तराष्ट्रिय समन्वय परिषद सदस्यको लागि पनि चारै जनाले उमेद्वारी दर्ता गराएका छन्। चिज कुमार श्रेष्ठ , किसन केसी , गोपाल सिम्खडा र नेत्र बहादुर मगरले उमेद्वारी दर्ता गराएका हुन्।

आगामी कार्यसमितिको उपाध्यक्ष पदका लागि महिला तर्फ नन्द कुमारी गुरुङ (दुर्गा दिदी ) , यसोदा सुबेदी र खुल्लातर्फ उत्तम अधिकारी (पारस), पदम गुरुङ , कमल पन्थी र कृष्ण प्रसाद पौडेलको उमेद्वारी परेको छ।

यस्तै महासचिबमा याम नाथ निरौला ( यामु ) , लोक प्रसाद दाहाल,सचिबमा राजु थापा,रमेश कंडेल ,गोबिन्द सिंह अधिकारी र राकेश कर्माचार्यको उमेद्वारी परेको निर्बाचन आयोगले प्रकाशित गरेको सूचनामा उल्लेख छ।

कोषाध्यक्षमा रेनु गुरुङ ,आङ माया लामा, सह कोषाध्यक्षमा जिबन शर्मा , हरी कुमार पाठक,महिला संयोजकमा मुना के.सी र निर्मला बजगाईको उमेद्वारी परे पनि युबा संयोजकमा भने कसैको पनि उमेद्वारी नपरेको निर्वाचन आयुक्त बोधराज पौडेलद्वारा जारि सूचनामा जनाईएको छ।

यस्तै क्षेत्रिय सदस्य लुभेनमा गजेन्द्र गुरुङ , मिन्ड गुरुङ, आन्त्वेर्पेनका लागि राजु के.सी , राजेन्द्र कार्की ब्रसेल्समा भिम सुबेदी , ईश्वरा शर्मा, गेन्टका लागि कृष्ण प्रसाद पराजुली , ज्ञानेन्द्र घिमिरे, ब्रुगेका लागि दिपक सिटौला , पूर्ण तिमल्सिना र खुल्ला सदस्य तर्फ जनक सुबेदी,राम बहादुर पुन, रमेश दाहाल , सागर सुब्बा (कर्ण) , किरण शर्मा (कंडेल), होम बहादुर गुरुङ ,अहमद दिन मियाको उमेद्वारी परेको छ।

महिला सदस्य तर्फ भने साबित्री गिरी ,कल्पना मगर, मुना ताम्राकार, गीता लामा ,रेना बस्नेत , प्रेमा सेर्पा र सुमित्रा गुरुङको उमेद्वारी परेको निर्वाचन आयोगले जनाएको छ।निर्बाचन कार्यतालिका अनुसार २३ अगष्ट बिहान १० बजे देखि २४ अगष्ट साँझ ५ बजे सम्म उमेद्वारी फिर्ताको समय रहेको छ।

यसै बीच मनोनयन दर्ताको प्रक्रियालाई सौहार्दपूर्ण रुपमा सम्पन्न गर्न सहयोग पुर्याउँने सबैलाई निर्बाचन आयोगले धन्यबाद समेत ब्यक्त गरेको छ।