स्पेनमा बिपी कप भलिबल प्रतियोगिता सेक्टेम्बर ७ मा हुने


बार्सिलोना/
नेपाली जनसम्पर्क समिती स्पेनले आगामी सेक्टेम्बर ७ तारिक सोमबार बार्सिलोनामा बिपी कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ।विश्वेश्वर प्रसाद कोइरालाको १०१ औं जन्मजयन्तीको उपलक्ष्यमा प्रतियोगिता हुन लागेको हो।

समितिले प्रतियोगिता सम्पन्न गर्नको लागि कार्यसमिति सदस्य राजु थापालाई संयोजकको जिम्मेबारी दिएको जनाएको छ। स्पेनमा रहेका संघ सस्थाहरु बीच आपसी सम्बन्ध र भाईचारा बढाउँन बिपी जयन्तीको अबसरमा समितले हरेक बर्ष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगिताको उपाधि लगातार २ बर्ष सम्म गल्कोट समाज स्पेनले जित्दै आएको छ।

गत बर्ष फाइनलमा बार्सिलोना बेसोस मारको समुहलाई हराउदै समाजले उपाधि रक्षा गरेको थियो।  समुह ‘क’ मा प्रबासी नेपाली मञ्च ,नेपाली जन प्रगतिशील मञ्च स्पेन र बार्सिलोना बेसोस मारको समुह रहेका थिए। यस्तै नेपाली जनसम्पर्क समिती ,एनआरएनए स्पेन र गल्कोट समाज समुह ‘ख’ बाट प्रतिस्पर्धा गरेका थिएँ।

स्पेनमा संघ सस्थाहरु थपिने क्रम बढ्दै गएकाले यस बर्ष भने धेरै टिमको सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रम बारे थप जानकारीको लागि

राजु थापा – ६३२६७३७७८
प्रकाश भट्टराई – ६३१२८७२०४
सन्तोष श्रेष्ठ – ६३२१९२०८०
शालिक राम डुम्रे – ६६२१९४६१९
प्रतियोगीता हुने स्थान:- बेसोस मार खेल मैदान

तस्बिर : गत बर्षका झलकहरु ( फोटो फाईल)

IMG_0060-1024x682IMG_0070-1024x682IMG_0160-1024x682